७ पुष २०८२, सोमबार
,
Latest
मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगको निर्णयले उम्मेदवारहरुमा भूकम्प जाँदैन भन्न सकिँदैनः दिनेकुमार थपलिया



अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहीता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताउनुभएको छ ।

शुक्रवार प्रदेश १ मा आयोजित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ प्रदेश स्तरीय सञ्चारमाध्यम सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आचारसंहीता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताउनुभएको हो । उहाँले आगामी १० दिनमा आयोगले आचारसंहीता उल्लंघन गर्नेहरुलाई कारबाही गरेको निर्णयले उम्मेदवारहरुमा भूकम्प जानसक्ने आशंका व्यक्त गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहीताको कारबाही गर्ने विषयमा स्पष्टीकरण सोध्नु भनेको कारबाही गर्नु नभएको बताउनु भयो । उहाँले आचारसंहीता उल्लंघन गरेकोबारेमा स्पष्टीकरण सोध्नुलाई कारबाहीको प्रक्रिया प्रारम्भको रुपमा लिनुपर्ने बताउनु भयो । उहाँले आचारसंहीता उल्लंघन गरेको उजुरी परेका उम्मेदवारले तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरेमा मात्रै निर्वाचन आयोगले कारबाही नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आचारसंहीताको पूर्ण परिपालना गराउने कुरामा तपाईहरुकै बल प्राप्त भएको, सिकाएको कुराबाट हामीले काम गरेका छौँ । आयोग दृढ छ । आचारसंहीता उल्लंघनमा स्पष्टीकरण सोध्दिँदै यत्तिको अलिकति तरंग आएको छ भने अब १० दिन पछिका आयोगका निर्णयले ठूलै भूकम्प आउला की भन्ने मैले आशंका गरेको छु । त्यहाँ भन्दा धेरै म यसमा प्रवेश गर्न चाहन्न ।

आचारसंहीताको कारबाही गर्ने विषयमा स्पष्टीकरण सोध्नु भनेको कारबाही गर्नु होइन, कारबाहीको प्रक्रिया प्रारम्भ गर्नु हो । उ अब दायराभित्र चाहीँ पस्यो भनेको हो । माकुराको जालोभित्र झिंगो पस्यो, अब जालो काटेर निस्किन सक्यो भने भनेको तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरेमा निस्कियो, होइन भने कारबाही हुन्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहीता उल्लंघन गर्ने उम्मेदवारहरुलाई कारबाही गर्न आयोग दृढ रहेको पनि बताउनु भयो ।