• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

मकवानपुरका सयौं युवालाई रोजगारी सिर्जना गर्नेगरी काम गर्छौँः महेश बर्तौला



हेटौँडा । नेकपा एमाले बागमती प्रदेशका उपसचिव एवं मकवानपुर क्षेत्र २ का प्रतिनिधिसभा उम्मेदवार महेश कुमार बर्तौलाले मकवानपुरका सयौं युवालाई रोजगारी सिर्जना गर्नेगरी काम गर्ने बताउनु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीमा एमालेले गरेको निर्वाचन परिचालन कमिटीको बैठक तथा प्रचार कार्यालय उद्घाटन् कार्यक्रममा बोल्दै उहाँले हेटौंडामा दुइवटा औद्योगिक क्षेत्र रहेको र यहाँ उद्योग खोलेर आम युवालाई रोजगरीको अवसर सिर्जना गर्ने बताउनुभयो ।

बेरोजगार युवाहरुलाई व्यावस्थापन गर्नका लागि औद्योगिक नीति बनाउने प्रतिवद्धता व्यक्त गर्दै उहाँले जनताको सेवा गर्नेगरी पहिलोपटक उम्मेदवारी दिएको बताउनुभयो । आम नागरिकको दुख, सुख, अप्ठेरो सबैमा आफू जनताको सेवक बनेर काम गर्ने उहाँको भनाई छ ।

यस्तै, उहाँले यो निर्वाचन केन्द्रीय सरकार निर्माण गर्ने निर्वाचन भएकाले यसमा सबैले ध्यान दिएर एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।