२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई पटकको च्याम्पियन वेस्ट इन्डिज विश्वकप छनोट चरणबाटै बाहिरियो



अ+ अ-

एजेन्सी । दुई पटकको च्याम्पियन वेस्ट इन्डिज टी–२० विश्व कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । आज शुक्रबार भएको खेलमा आयरल्यान्डसँग नौ विकेटले पराजित भएसँगै वेस्ट इन्डिजको विश्वकप यात्रा समूह चरणसम्म मात्रै बनेको हो ।

होबार्टमा वेस्ट इन्डिजले दिएको एक सय ४७ रनको लक्ष्य आयरल्यान्डले १७ ओभर ३ बलमा एक विकेट गुमाएर पछ्यायो । पउल स्टर्लिङले ६६ र लोर्कन टकरले ४५ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो । उसका ब्रान्डन किङले ६२ रन बनाए । योसँगै आयरल्याण्डले सुपर–१२ मा स्थान बनाएको छ ।

कुनै पनि विश्व च्याम्पियन टोली मुख्य राउण्डमा नपुगेको यो पहिलो पटक हो । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकपको उपाधि जितेको थियो ।