• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

नवौँ राष्ट्रिय खेलकुद: करातेमा नौ स्वर्णसहित पुलिस च्याम्पियन



पर्वत । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत करातेका १९ स्वर्ण पदकमध्ये विभागीय टोली नेपाल पुलिस क्लबले सर्वाधिक नौ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो बर्चस्व कायम गरेको छ ।

गत असोज २९ गतेदेखि बुधबारसम्म सदरमुकाम कुश्माबजारको बडागाउँस्थित सेमी कभर्डहलमा भएको ५३औँ राष्ट्रिय कराते प्रतियोगितामा नौ स्वर्ण, तीन रजत र पाँच कास्य पदक गरी कुल १७ पदकसहित पुलिस च्याम्पियन बन्न सफल भएको हो ।

दोस्रो स्थानमा रहेको एपिएफ क्लबले पाँच स्वर्ण, दुई रजत र सात कास्यसहित १४ पदक हासिल ग¥यो । त्रिभुवन आर्मी क्लब दुई स्वर्ण, पाँच रजत र एक कास्य गरी कुल आठ पदकसहित तेस्रो स्थानमा रह्यो ।

बागमती प्रदेशले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी आठ पदक हात पारेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशले एक स्वर्णसहित छ कास्य पदक प्राप्त गर्दा गण्डकीले तीन रजत र तीन कास्यमा चित्त बुझायो । प्रदेश नं १ ले तीन रजत र छ कास्य पदक प्राप्त ग¥यो । लुम्बिनी प्रदेशले एक रजत र तीन कास्य पदक प्राप्त गर्दा कर्णालीले भने दुई कास्य पदकमा मात्रै चित्त बुझाउनुप¥यो ।

कर्णाली प्रदेशले दुई कास्य पदक लिन सफल हुँदा मधेस प्रदेशले भने एक कास्यमा मात्रै चित्त बुझाएको छ । करातेमा १९ स्वर्ण, १९ रजत र ३८ कास्यसहित जम्मा ७६ पदकका लागि खेल भएको हो ।

हतारमा गरिएको तयारीका बीच करातेका खेलाडीले भने पर्वतमा खेल पूर्वाधारको अभाव भएको प्रतिक्रिया दिएका थिए । खेलको अन्तिम दिन खेलाडीलाई कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उत्कृष्ट खेलाडीलाई पदक वितरण गर्नुभएको थियो । करातेका सबै इभेन्ट सकिएसँगै खेलाडी पोखरातर्फ फर्किएका छन् ।