२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुद: करातेमा नौ स्वर्णसहित पुलिस च्याम्पियन



अ+ अ-

पर्वत । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत करातेका १९ स्वर्ण पदकमध्ये विभागीय टोली नेपाल पुलिस क्लबले सर्वाधिक नौ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो बर्चस्व कायम गरेको छ ।

गत असोज २९ गतेदेखि बुधबारसम्म सदरमुकाम कुश्माबजारको बडागाउँस्थित सेमी कभर्डहलमा भएको ५३औँ राष्ट्रिय कराते प्रतियोगितामा नौ स्वर्ण, तीन रजत र पाँच कास्य पदक गरी कुल १७ पदकसहित पुलिस च्याम्पियन बन्न सफल भएको हो ।

दोस्रो स्थानमा रहेको एपिएफ क्लबले पाँच स्वर्ण, दुई रजत र सात कास्यसहित १४ पदक हासिल ग¥यो । त्रिभुवन आर्मी क्लब दुई स्वर्ण, पाँच रजत र एक कास्य गरी कुल आठ पदकसहित तेस्रो स्थानमा रह्यो ।

बागमती प्रदेशले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी आठ पदक हात पारेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशले एक स्वर्णसहित छ कास्य पदक प्राप्त गर्दा गण्डकीले तीन रजत र तीन कास्यमा चित्त बुझायो । प्रदेश नं १ ले तीन रजत र छ कास्य पदक प्राप्त ग¥यो । लुम्बिनी प्रदेशले एक रजत र तीन कास्य पदक प्राप्त गर्दा कर्णालीले भने दुई कास्य पदकमा मात्रै चित्त बुझाउनुप¥यो ।

कर्णाली प्रदेशले दुई कास्य पदक लिन सफल हुँदा मधेस प्रदेशले भने एक कास्यमा मात्रै चित्त बुझाएको छ । करातेमा १९ स्वर्ण, १९ रजत र ३८ कास्यसहित जम्मा ७६ पदकका लागि खेल भएको हो ।

हतारमा गरिएको तयारीका बीच करातेका खेलाडीले भने पर्वतमा खेल पूर्वाधारको अभाव भएको प्रतिक्रिया दिएका थिए । खेलको अन्तिम दिन खेलाडीलाई कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उत्कृष्ट खेलाडीलाई पदक वितरण गर्नुभएको थियो । करातेका सबै इभेन्ट सकिएसँगै खेलाडी पोखरातर्फ फर्किएका छन् ।




भर्खरै