१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुर्ख्यौली पेशामा छैन खासै चमक



अ+ अ-

टङ्कीसिनवारी । विराटनगर–७ को हाटखोलामा सुमन जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाउने काम लामो समयदेखि गर्दै आउनुभएको छ ।

वहाँले बाबु बाजेले गरेकै पुर्ख्यौली काम सम्हालेको ३० वर्षभन्दा बढी भएको छ । तर आधुनिकताको प्रभाव बढेसँगै जाँतोवालाले सम्हालेको पेशामा ग्रहण लाग्दै गएको छ । कुनै बेला भान्साको शान भनेर चिनिने लोहोरो सिलौटो र जाँतोमा मसला र खाद्य सामग्री पिस्ने चलन विस्तारै छुट्दै गएको छ ।

परम्परागत लोहोरो सिलौटो र जाँतोको स्थान अब मिक्स्चर ग्राइन्डरले ओगटेको छ । श्रमको प्रयोग नगरी विद्युत्बाट सजिलै पिँधिने भएकोले सर्वसाधारण मिक्स्चर ग्राइन्डरमा आकर्षित भएका छन् । तर सजिलो र सुविधाका लागि सर्वसाधारणले आधुनिक उपकरणको प्रयोग गरिदिँदा परम्परागत र पुख्र्यौली पेशाको अस्तित्व नै सङ्कटमा पर्दै गएको छ ।

दस वर्ष अघिसम्म जाँतोवालालाई लोहोरो सिलौटो र जाँतोको माग धान्न भ्याइनभ्याइ हुने गरेको थियो । तर मिक्स्चर ग्राइन्डर र यस्तै अन्य आधुनिक उपकरणको बजारमा प्रवेशपछि उहाँ विस्तारै फुर्सदिलो बन्दै जानुभयो । कुनै बेला दिनको १० वटासम्म लोहोरो सिलौटो र चार वटा जाँतो बनाउने जाँतोवालाको उत्पादन तीन लोहोरो सिलौटो र एक जाँतोमा खुम्चिएको छ । तर थोरै सङ्ख्यामा बनाइएका लोहोरो र जाँतो पनि दुई–तीन दिनसम्म बिक्री हुँदैन । गधाको पिठिउँमा लादेर घर–घर डुलाउँदा समेत परम्परागत सामग्री बिक्री हुन गा¥हो छ ।

आफूले उत्पादन गरेको लोहोरो सिलौटो र जाँतो बिक्री हुन छाडेपछि जाँतोवाला र वहाँको परिवारको जीवन गुजारा कठिन बन्दै गएको छ । उहाँ भन्नुहुन्छ, “अब लोहोरो सिलौटो र जाँतो बनाउने पुर्ख्यौली पेशामा खासै चमक छैन ।’ बिजुलीबाट चल्ने आधुनिक उपकरणले परम्परागत एवं पुख्र्यौली पेशालाई ओझेलमा पारेको जाँतोवालाको ठम्याइ छ । कामले फुर्सद नभएको बेला उहाँलाई सघाउने जाँतोवालाकी श्रीमती हाल नातिनातिना खेलाउँदै व्यस्त हुनुहुन्छ ।

जाँतोवालाका दुई छोरा सोहित र सोहेलले पनि लोहोरो जाँतो बनाउने पुर्ख्यौली पेशा आफूहरूले नगर्ने बताउनुभयो । सोहित जागिरको खोजीमा हुनुहुन्छ भने सोहेलको मोह विदेश जानेमा छ ।

यस्तै विराटनगर–८ हाटखोला पुल छेउमा लोहोरो सिलौटो र जाँतोको पसल थाप्नुभएकी तुलसी जाँतोवालालाई के कमाउने के खाने भन्ने चिन्ता छ । अर्को काम नजानेकाले बाध्य भएर पुख्र्यौली पेशामा नै झुण्डिनुपरेको गुनासो तुलसीले गर्नुभयो ।

तुलसीका श्रीमान् अजय जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाए पनि बिक्रीमा भने कठिनाइ उत्पन्न हुँदै गएको बताउनुभयो । उहाँले यो पेशा समय कटाउने मेलो मात्र भएको बताउनुभयो ।