४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुद: बुद्धिचालमा त्रिभुवन आर्मीकी सुजना लोहनीलाई तीन स्वर्ण पदक



अ+ अ-

गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जित्न सफल हुनुभएको छ । यही असोज २७ गतेदेखि भएको प्रतियोगितामा महिलातर्फको तीनवटै इभेन्टमा लोहनीले स्वर्ण पदक जित्न सफल हुनुभएको हो ।

प्रतियोगिताअन्तर्गत महिलातर्फको क्लासिकल इभेन्टका नौ खेलमा सबै खेल जित्दै उहाँले नौ अङ्क प्राप्त गर्दै प्रतियोगितामा पहिलो स्वर्ण पदक जित्नुभएकोे निर्णायक दीपेश गिरीले जानकारी दिनुभयो । त्यस्तै महिलातर्फको बिल्च इभेन्टमा पनि लोहनीले नौ खेलमा नौवटै खेल जितेर नौ अङ्कका साथ दोस्रो स्वर्ण जित्न सफल हुनभएको हो ।

त्यसैगरी आज सम्पन्न ¥यापिड चरणका खेलमा समेत लोहनीले सबै नौ खेल जितेर नौ अङ्कका साथ प्रतियोगितामा तेस्रो स्वर्ण पदक हात पार्न सफल हुुनुभएको आयोजकले जनाएको छ ।