८ भाद्र २०८३, सोमबार
,
Latest
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा तालिबानले विभिन्न स्थानमा कब्जा जमाउँदै



अ+ अ-

इभिया, ग्रीस । पछिल्ला केही सातायता अफगानिस्तानका तालिबानले विभिन्न स्थानमा विजय हासिल गरेको भन्दै यहाँका सरकारी कार्यालय तथा विभिन्न प्रान्तकब्जा गरिरहेको बताएका छन् । 

उनीहरुका अनुसार हालसम्म अफगानिस्तानका तालिबानले छ प्रान्तीय राजधानी कब्जा जमाउन सफल भइसकेको विभिन्न समाचारमा जनाइएको छ ।

उनीहरुले कब्जा गरेकामध्ये कुन्दुज पनि एक हो । यो प्रान्त कब्जा गरेको घटनालाई अफगानिस्तानका तालिबाले निकै महत्वपूर्ण रहेको पनि भनेका छन् ।

अफगानिस्तानमा पछिल्लो समयमा बिग्रँदो अवस्थाबीच युद्धबिरामका लागि पनि केही अन्तरराष्ट्रिय अपिल भएकोमा त्यसलाई तालिबान बिद्रोहीले अस्वीकार गरेको छ ।

तालिबानले पछिल्लो समय अफगानिस्तानमा एकपछि अर्को मुख्य सहर कब्जा जमाइरहेकोले पनि यस अपिललाई अब आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।

पछिल्ला दिनमा तालिबानले अफगानिस्तानमा हमलाका घटना बढाएका छन् । यसबीच अमेरिकी र अफगान विमानले विद्रोहीमाथि कयौँ हवाई हमला गरेका छन् । अफगान अधिकारीले यी हमलामा कैयौँ मानिसको ज्यान गएको बताएका छन् ।

तालिबानले अमेरिकालाई अफगानिस्तानमा थप कारबाही नगर्न चेतावनी दिएका छन् । उत्तरी अफगानिस्तानका तीन शहरमा मात्र केही घण्टाको अन्तरमा तालिबानले कब्जा जमाएको खबर बाहिर आएपछि अमेरिकी सेनाले हवाई हमला गरेको थियो ।

कुन्दुजको स्थिति निकै अशान्त रहेको बताइएको छ । सामाजिक सञ्जालमा तालिबान लडाकु कुन्दुज र सर–ए–पुलको सरकारी भवनमा प्रवेश गरेको बताइएको छ ।

यता अफगान सरकारी सुरक्षा बलले भने अझै पनि कुन्दुजमा तालिबानसँग सङ्घर्ष गरिरहेको पाइएको छ । तालिबानका अधिकारीले उनीहरूले बागलान प्रान्तको राजधानी पुल–ए–खुमरीलाई निशाना बनाउने तयारी गरेको जानकारी दिएका छन् । (रासस-सिन्ह्वा)