• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि

‘मतदाताले रुचाएकै कारण चौथोपटक उम्मेदवारी दिएको हुँ’



काठमाडौँ । सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका कांग्रेस नेता प्रकाशमान सिंहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कात्तिक १ गतेदेखि चुनावी अभियान सुरु गरिने जानकारी दिनुभएको छ । क्षेत्र नं १ अन्तर्गतको प्रदेश तथा समानुपातिक उम्मेदवार सहभागी पत्रकार सम्मेलनमा नेता सिंहले आफ्नो उम्मेदवारी क्षेत्रको जनताको चाहनाकै कारण भएको बताउनुभयो ।

‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ नारा लिएर चौथोपटक मतदातासमक्ष आएको उहाँले बताउनुभयो । “मेरो उम्मेदवारी नै किन रु भन्ने प्रश्न उठिरहेका हुन्छन् । विश्वमै मतदाताले रुचाएसम्म उम्मेदवारले उम्मेदवारी दिने गरेका छन”, नेता सिंहले भन्नुभयो । उहाँले चुनिएपछि जनताले दिएको म्याण्डेटलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

“म पार्टीको उपसभापति भइसकेँ, देशको उपप्रधानमन्त्रीसमेत भइसकेँ । त्यसैले क्षेत्रमा विकास गर्नेसँगै केन्द्रमा प्रभाव पार्ने उम्मेदवार म हुँ”, उहाँले भन्नुभयो । चुनावमा सिङ्गो नेपाल होमिएको भए पनि सबैको ध्यान क्षेत्रमा भएको विकास, विद्युतीय मतदानलगायतले यही रहेको उहाँले बताउनुभयो । “संविधान कांग्रेसकै नेतृत्वमा बन्यो । त्यसलाई संस्थागत पनि हामीले ग¥र्यौँ । हामीले विकासका लागि तयार गरेको अवाधारणालाई अगाडि बढाउन कांग्रेससहितको गठबन्धनलाई मतदान गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।

नेता सिंहले मुलुकमा सङ्घीयता दिलाउने, प्रदेश र स्थानीय तहको सुनिश्चित गर्ने लगायतको काममा आफ्नो सक्रिय सहभागिता रहने जानकारी दिनुभयो । “शिक्षालाई गुणस्तरीय बनाएर निजीसँग प्रतिस्पर्धा गर्न योग्य बनाउने, वडामै स्वास्थ्य परीक्षण गर्ने ल्याबको व्यवस्था गर्ने, रोजगारीको सिर्जना गर्नेलगायतका धेरै अठोट लिएर भोट माग्न आउँदै छु”, नेता सिंहले भन्नुभयो ।

उहाँले शिक्षामा सुधार ल्याउँदै प्राविधिक शिक्षामा जोड दिने बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षासँगै प्राविधिक शिक्षा दिएर रोजगारीको बाटो खोल्ने छौँ । यसले रोजगारी बढाउन मद्दत गर्ने विश्वास मैले लिएको छु ।”

पत्रकार सम्मेलनमा नेता सिंहसँगै प्रदेशसभातर्फका उम्मेदवार क्षेत्र नंं १ ९क० का उम्मेदवार दीपेन्द्र श्रेष्ठ, ९ख० का उम्मेदवार सुरजचन्द्र लामिछाने, समानुपातिकतर्फका उम्मेदवार लिलेन्द्रप्रसाद प्रधान, प्रबल थापा र शान्ता ढकाल उपस्थित हुनुहुन्थ्यो ।