• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त: डेढ वर्षमा २५ प्रतिशत प्रगति ★   भारतीय फुटबल महासंघले प्रशिक्षक इगोरलाई बर्खास्त गर्यो ★   लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा ★   साहिल चौहानले टी-२० आईको सबैभन्दा छिटो शतक बनाए, नेपालविरुद्ध नामिबियाका इटनले बनाएको कीर्तिमान तोडे ★   मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण ★   आज पनि बजेटमा मन्त्रालयगत छलफल जारी ★   इजराइली प्रधानमन्त्रीद्वारा युद्ध मन्त्रिपरिषद् भङ्ग ★   युरो कपः फ्रान्स, स्लोभाकिया र रोमानिया विजयी ★   ४ ओभर, ४ मेडन र ३ विकेटः न्युजिल्यान्डका बलरले टी-२० विश्वकपमा रचे इतिहास ★   भिजिट भिसाका नाममा घरेलु कामदारमा जान खोज्नेलाई फर्काइँदै

महिला क्रिकेटः सशस्त्र प्रहरी र पुलिस फाइनलमा



पोखरा । महिला क्रिकेटको उपाधिको लागि नेपाल पुलिस क्लवले सशस्त्र प्रहरी बलबीच प्रतिष्पर्धा हुने भएको छ ।

पुलिसले मंगलवार पोखरा रंगशाला क्रिकेट मैदानमा उपाधिको लागि सशस्त्र प्रहरी बलसँग खेल्ने भएको हो । ज्योती पाण्डेको अविजित ६९ रनको पारीमा सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै फाइनल प्रवेश ग¥यो ।  १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमवार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा टस हारेको सशस्त्रले १२९ रनको योगफल तयार पारेको थियो । पाण्डेले ओपनिङ गर्दै ६१ बल खेल्दै ६९ रनमा अविजित रहिन् । उनले ७ चौका प्रहार गरिन् ।

सशस्त्र प्रहरीले २० रनको योगफल बनाउँदा पहिलो विकेटको रुपमा सीता राना मगरलाई गुमाएको थियो । मगरले ११ रन जोडिन् । दोस्रो विकेटको रुपमा इन्दु बर्मा ६ रनमा आउट भइन् । ममता चौधरीले १६ रनमा आउट हुदाँ ओपनर पाण्डे र रोमा थापाले ५५ रनको साझेदारी गरेका थिए । रोमा १२ रनमा अविजित रहिन् । कृतिका मरासिनीले दुई विकेट लिइन् ।

१३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटिएको थियो । पहिलो विकेट १८ रनमा गुमाएको लुम्बिनीका लागि सुस्मिता बजगाईंंले सर्वाधिक १२ रन जोडिन् । उनले २३ बल खेल्दै १ चौका प्रहार गरिन् ।

अन्य व्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । लक्ष्मी चौधरीले ५ रन बनाउँदा आस्मा पुलामी मगरले ६ रन बनाइन् । मधु डिसीले ५ रन बनाउँदा ७ बल खेल्दै १ चौका स्कोर बोर्डमा लेखिएको थियो । नेरी थापाले ४ ओभरमा ७ रन खर्चिंदै ४ विकेट लिइन् ।

दोस्रो खेलमा टस हारेर व्याटिङ गरेको नेपाल पुलिस क्लवले वागमती प्रदेशलाई ३६ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । टस हारेर ब्याटिङ गरेको नेपाल पुलिसले ४ विकेटको क्षतिमा १२३ रनको योगफल तयार पारेको हो ।

ओपनर काजल श्रेष्ठले ५१ बल खेल्दै ५ चौकासहित ४६ रनको योगदान दिइन् । कविता कुँवरले २६ रन जोडिन् । पहिलो विकेटको लागि नेपाल पुलिसले ७० रनको महत्वपूर्ण साझेदारी निभाए । मध्यक्रमका ब्याटरको रन उल्लेल्य रहेन । कप्तान रुबिना क्षेत्री र कविता जैसी अविजित रहने क्रममा १७ र १५ रन जोडिन् । कविताले ९ बल खेल्दै १ छक्का हिकाइन् । वागमतीकी अस्मिना कर्माचार्य, खुशी डंगोल र सुमन खतिवडाले १/१ विकेट लिए ।

१२४ रनको लक्ष्य पछ्याएको वागमती प्रदेश ८७ रनमा समेटिएको छ । पहिलो ओभरमा नै विकेट गुमाएको वागमतीले ओपनरलाई सस्तैमा गुमाएको थियो । सुमन खतिवडाले २३ रन बनाइन् भने अस्मिना कर्माचार्यले ३५ बलमा १८ रन बनाइन् । आरती भण्डारीले अविजित ११ रन जोडिन् । कविता कुँवरले ४ ओभरमा ६ रन दिएर ३ विकेट लिइन् । ईश्वरी बिष्टले २ विकेट लिइन् ।