• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी

महिला क्रिकेटः सशस्त्र प्रहरी र पुलिस फाइनलमा



पोखरा । महिला क्रिकेटको उपाधिको लागि नेपाल पुलिस क्लवले सशस्त्र प्रहरी बलबीच प्रतिष्पर्धा हुने भएको छ ।

पुलिसले मंगलवार पोखरा रंगशाला क्रिकेट मैदानमा उपाधिको लागि सशस्त्र प्रहरी बलसँग खेल्ने भएको हो । ज्योती पाण्डेको अविजित ६९ रनको पारीमा सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै फाइनल प्रवेश ग¥यो ।  १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमवार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा टस हारेको सशस्त्रले १२९ रनको योगफल तयार पारेको थियो । पाण्डेले ओपनिङ गर्दै ६१ बल खेल्दै ६९ रनमा अविजित रहिन् । उनले ७ चौका प्रहार गरिन् ।

सशस्त्र प्रहरीले २० रनको योगफल बनाउँदा पहिलो विकेटको रुपमा सीता राना मगरलाई गुमाएको थियो । मगरले ११ रन जोडिन् । दोस्रो विकेटको रुपमा इन्दु बर्मा ६ रनमा आउट भइन् । ममता चौधरीले १६ रनमा आउट हुदाँ ओपनर पाण्डे र रोमा थापाले ५५ रनको साझेदारी गरेका थिए । रोमा १२ रनमा अविजित रहिन् । कृतिका मरासिनीले दुई विकेट लिइन् ।

१३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटिएको थियो । पहिलो विकेट १८ रनमा गुमाएको लुम्बिनीका लागि सुस्मिता बजगाईंंले सर्वाधिक १२ रन जोडिन् । उनले २३ बल खेल्दै १ चौका प्रहार गरिन् ।

अन्य व्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । लक्ष्मी चौधरीले ५ रन बनाउँदा आस्मा पुलामी मगरले ६ रन बनाइन् । मधु डिसीले ५ रन बनाउँदा ७ बल खेल्दै १ चौका स्कोर बोर्डमा लेखिएको थियो । नेरी थापाले ४ ओभरमा ७ रन खर्चिंदै ४ विकेट लिइन् ।

दोस्रो खेलमा टस हारेर व्याटिङ गरेको नेपाल पुलिस क्लवले वागमती प्रदेशलाई ३६ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । टस हारेर ब्याटिङ गरेको नेपाल पुलिसले ४ विकेटको क्षतिमा १२३ रनको योगफल तयार पारेको हो ।

ओपनर काजल श्रेष्ठले ५१ बल खेल्दै ५ चौकासहित ४६ रनको योगदान दिइन् । कविता कुँवरले २६ रन जोडिन् । पहिलो विकेटको लागि नेपाल पुलिसले ७० रनको महत्वपूर्ण साझेदारी निभाए । मध्यक्रमका ब्याटरको रन उल्लेल्य रहेन । कप्तान रुबिना क्षेत्री र कविता जैसी अविजित रहने क्रममा १७ र १५ रन जोडिन् । कविताले ९ बल खेल्दै १ छक्का हिकाइन् । वागमतीकी अस्मिना कर्माचार्य, खुशी डंगोल र सुमन खतिवडाले १/१ विकेट लिए ।

१२४ रनको लक्ष्य पछ्याएको वागमती प्रदेश ८७ रनमा समेटिएको छ । पहिलो ओभरमा नै विकेट गुमाएको वागमतीले ओपनरलाई सस्तैमा गुमाएको थियो । सुमन खतिवडाले २३ रन बनाइन् भने अस्मिना कर्माचार्यले ३५ बलमा १८ रन बनाइन् । आरती भण्डारीले अविजित ११ रन जोडिन् । कविता कुँवरले ४ ओभरमा ६ रन दिएर ३ विकेट लिइन् । ईश्वरी बिष्टले २ विकेट लिइन् ।