२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुदः साइक्लिङमा बागमती र एपीएफलाई स्वर्ण



अ+ अ-

पोखरा । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङको ‘क्रस कन्ट्री’ विधामा महिलातर्फ बागमती प्रदेश र पुरुषतर्फ एपीएफले एक/एक स्वर्ण पदक जितेका छन् ।

पोखराको रानीवनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै बागमतीका लक्ष्मी मगरले स्वर्ण पदक जित्नुभयो ।

नेपाली सेनाका उषा खनालले निर्धारित दूरी एक घण्टा १२ मिनेट ३९ सेकेन्डमा पार गरी रजत पदक जित्दा एक घण्टा २० मिनेट ०४ सेकेन्डमा लक्ष्य पूरा गरी एपीएफका हुमी बुढामगरले कास्य पदक जित्नुभयो ।

पुरुषतर्फको क्रस कन्ट्री साइक्लिङको फाइनल खेलमा एपीएफले स्वर्ण र कास्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएका छन् । १९ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै एपीएफका सुरज रानाले स्वर्ण पदक जित्न सफल हुनुभयो । सेनाका हिमाल टमाटाले उक्त दूरी एक घण्टा ११ मिनेट ४३ सेकेन्डमा पार गर्दै रजत पदक जित्नुभयो । यसैगरी एक घण्टा १३ मिनेट २५ सेकेन्डमा दूरी पार गर्दै एपीएफकै लक्ष्मण मल्लले कास्य पदक दिलाउनुभयो ।

साइक्लिङमा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता छ । साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री विधा सकिएको छ । ‘रोड रेस इन्डिभिजुअल टाइम ट्रायल’ र ‘रोड रेस मास स्टार्ट’ विधा बाँकी रहेको छ । साइक्लिङमा विभिन्न चार विधामा पुरुष र महिला गरी आठ÷आठ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।

गण्डकी प्रदेशका आठ जिल्लामा नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतका खेलहरु भइरहेका छन् । प्रतियोगितामा ३६ खेल सञ्चालन हुनेछ ।