२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ उम्मेदवारविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जना उम्मेदवारविरुद्ध परेको रिटको सुनुवाइ आज हुँदैछ ।

९ जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न अधिवक्ता अनिल आचार्यले दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पेशी तोकिएको छ ।

विजयकुमार गच्छादार, प्रभु साह, गोविन्दराज जोशी, सरिता गिरी, विक्रम पाण्डे, टेकबहादुर गुरुङ, लक्ष्मी महतो, युद्धविक्रम तामाङ र रेवतराज पुरीको उम्मेदवारी खारेज गर्न बिहीबार सर्वोच्चमा रिट दायर भएको थियो ।