५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन



अ+ अ-

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।

किष्ट अस्पतालमा उपचाररत एक सय तीन वर्षीय जोशीको आज बिहान निधन भएको हो । त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार आज बिहान उहाँको निधन भएको हो । विहान ७ बजेर ९ मिनेटमा उहाँको निधन भएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि यही असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो ।

उहाँमा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कमी भएको थियो ।