९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

सन्दीपका वकिल भन्छन्- पीडितको दुईवटा जन्मदर्ता बारे अनुसन्धान गर्दैछौँ(भिडीयोसहित)

सन्दीपका वकिल भन्छन्- पीडितको दुईवटा जन्मदर्ता बारे अनुसन्धान गर्दैछौँ(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले पीडित भनिएकी किशोरीको दुई वटा जन्मदर्ता भएको विषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताएका छन् ।

सन्दीपलाई दोस्रो पटक अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै त्यस विषयमा अनुसन्धान भइरहेको बताएका हुन् ।

अदालतमा उपस्थित भएसँगै लामिछानेलाई अनुसन्धानको काम नसकिएकाले अदालतले आज थप ५ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताउनु भयो । उहाँले अदालतले बयान लिने क्रम आधा सकिसकेको भन्दै असोज ३१ गतेसम्म अनुसन्धान सक्नेमा विश्वस्त रहेको बताउनु भयो ।

उहाँले यो मुद्दा एक व्यक्तिसँग मात्र नभइ संस्थासँग पनि सम्बन्धित रहेकाले फास्टट्रयाकमा सक्नको लागि ३ दिनको म्याद थप्न आग्रह गरेपनि अदालतले ५ दिनको म्याद थपी अनुसन्धानका लागि समय दिएको बताउनु भयो । सन्दीपमाथि थप ५ दिनको म्याद थपि अनुसन्धान गर्न सूर्यबहादुर थापाको बेन्चले समय दिएको र आगामी कार्तिक १ गते पुनः फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्नसक्ने बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘अनुसन्धान गर्न ७ दिनको म्याद माग्नुभएको थियो । पक्राउ परेको दिनबाट ७ दिन गइसकेको छ, बयान लिने क्रम पनि आधा सकिसकेको छ । ७ दिन धेरै लामो हुन्छ, यो एउटा व्यक्तिसँग मात्र नभइ संस्थासँग सम्बन्धित मुदद छ, यस्तो मुद्दालाई अलि फास्टट्रयाकमा गम्भीरताका साथ लिएर काम सक्नुपर्ने भन्यौँ । अनुसन्धानमा लामो समय लिनु भनेको प्रहरीका लागि पनि नराम्रो कुरा हो । हामीले ३ दिनको माग गरेका थियौँ । सूर्यबहादुर थापाको बेन्चले ५ दिनको समय थपेको छ । कार्तिक १ गते फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न सकिन्छ ।’

अधिवक्ता अधिकारीले पीडित भनिएकी किशोरीको दुई वटा जन्मदर्ता भएको विषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताउँदै भन्नुभयो, ‘हामीले दुई वटा जन्मदर्ता भएको भन्ने बारेमा अध्ययन गरिरहेका छौँ, हामीले बोल्न मिल्दैन ।’

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।