काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार प्रतिनिधिसभातर्फ २ हजार ४१२ उम्मेदवार रहेका छन् ।जसमा २ हजार १८७ जना पुरुष र २२५ जना महिलाको उम्मेदवारी कायम भएको छ ।
यसैगरी प्रदेशसभातर्फ पनि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट ३ हजार २२४ जनाको उम्मेदवारी कायम रहेको छ । जसमा २ हजार ९४३ जना पुरुष, २८० जना महिला तथा एक जना अन्यको उम्मेदवारी कायम भएको हो ।
प्रतिनिधिसभाका लागि उम्मेदवारहरूको सूची-
[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/10/प्रतिनिधिसभा-उम्मेदवार-अन्तिम-सूची.pdf”]
प्रदेशसभाका लागि उम्मेदवारहरूको सूची-
[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/10/प्रदेशसभा-उम्मेदवार-अन्तिम-सूची.pdf”]











