१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा एकै परिवारका तीन जना मृत भेटिए



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । बारामा एकै परिवारका तीन जना मृतावस्थामा भेटिएका छन् । जिल्लाको प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँभन्दा २ किलोमिटर पर उनीहरुको शव भेटिएको प्रहरीले जनाएको छ ।

मृत भेटिनेमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी रहेका छन् ।

प्रहरी टोली घटनास्थलमा पुगरे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

दिउँसो साढे २ बजेतिर ढोरा खोला किनारमा तीन जनाको शव फेला परेको जानकारी आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको छ ।