२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रेम गीत ३’ लाई दर्शकको साथ



तस्बिर: सामाजिक संजाल
अ+ अ-

काठमाडौँ । दसैँ लक्षित चलचित्रहरुले अहिलेसम्म दर्शक पाइरहेका छन् । गत असोज ७ गतेदेखि प्रदर्शनरत ‘प्रेम गीत ३’ लाई दर्शकले माया गरिरहेका छन् । हिन्दी भाषामा स्वराङ्कन गरेर प्रदर्शन गरिएको उक्त चलचित्र विदेशमा पनि एकसाथ प्रदर्शन भयो ।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठलगायत कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रले स्टारभ्यालु, ब्राण्डकै आधारमा राम्रो व्यापार गरिरहेको छ । निर्मातासमेत रहनुभएका सेनकाअनुसार नेपालसँगै भारतमा पनि यस चलचित्रले राम्रो व्यापार गरिरहेको छ । असोज २१ देखि प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’ ले पनि व्यावसायिक सफलता हात परिरहेको चलचित्र प्रस्तुतकर्ता किरण नेपाली जानकारी दिनुहुन्छ ।

उहाँका अनुसार प्रदर्शनको दुई दिनमा ग्रस कलेक्सन रु दुई करोडभन्दा बढी छ । उक्त चलचित्रको लेखन तथा निर्देशनसँगै समीक्षासमेत गर्नुभएका दीपेन्द्र लामा भन्नुहुन्छ, “ चलचित्रले मित्रताको कथा भन्छ । उनीहरुको सम्बन्धमा आउने उतारचढावमार्फत गम्भीर विषयलाई प्रस्तुत गरेका छौँ।”

दर्शक हल आउन थालेपछि निर्माता तथा निर्देशकसँगै प्रदर्शक र वितरक पनि खुसी छन् । चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जन अहिले मनोरन्जनात्मक चलचित्र दर्शकले रुचाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कोरोना भाइरसका कारण भएको लकडाउन पश्चात् दर्शकमा चलचित्रप्रति जागरण निकै बढेको छ ।”महासचिव महर्जन बताउनुहुन्छ, दर्शकमहरु प्रचार सामग्रीमा विश्वस्त नभएसम्म चलचित्रघर आउँदैनन भन्ने पछिल्लो प्रर्दर्शित चलचित्रको व्यापारले देखाएको छ ।”