१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाले पठाउनुभयो उजुरीको जवाफ



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पठाउनुभएको छ ।

देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पत्नी एवं कांग्रेस नेतृ डा. आरजू राणा देउवामार्फत उजुरीको जवाफ पठाउनुभएको हो ।

उहाँले पठाउनुभएको जवाफ मङ्गलबार बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।

देउवाले प्रमाणसहित जवाफ पठाउनुभएको छ । निर्वाचन आयोगले आज २ बजेसम्म जवाफ दर्ता गराउने समय तय गरेको थियो ।

देउवाका विपक्षी नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्लले सोमबार जन्ममिति फरक भएको भन्दै उजुरी दर्ता गराउनुभएको थियो ।