• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन ★   पाठेघरको अप्रेशनका क्रममा सिकारु डाक्टरले लापरबाही गरी दुवै पिसाब नली काटिदिएको पीडितको आरोप ★   गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन ★   गर्मीमा किन बढी रिस उठ्छ ? ★   काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम ★   धनगढी उपमहानगरपालिकाका प्रमुख हमाल, सिप मेलाको अवलोकनमाः निराशहरुलाई तालिमले आशा दिलाएको प्रतिक्रिया ★   दन्त परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा ★   वर्षापछि वायु प्रदूषण घट्दै ★   एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद गरिएको छैन: काँगेस ★   ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता

प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच भेटघाट



काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच जङ्गी अड्‍डामा भेटघाट भएको छ ।

नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका राजदूत शाहले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लाग्नुभएको अवसरमा आज सो भेटघाट भएको नेपाली सेनाले जनाएको छ ।

भेटघाटमा प्रधानसेनापति शर्माले राजदूत शाहले पूरा गर्नुभएको सफल कार्यकालका लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिनुभएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।