२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ब्रम्हचारी’ गीतको भिडियो सार्वजनिक



अ+ अ-

काठमाडौं । आनन्द कार्कीको स्वरमा रहेको गीत ‘ब्रम्हचारी’ सार्वजनिक भएको छ । पुरुषोत्तम लामिछानेको शब्द, राजु सिंहको सङ्गीत र अमुल कार्कीढलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कृष्ण महर्जनको रकेर्डिष्ट रहेको गीतमा किशोर थापाको माष्टर तथा मिक्सिङ रहेको छ ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा आफूले मन पराएको मायालाई न पाएमा बरु ब्रम्हचारी नै बस्छु भन्ने भाव व्यक्त गरिएको छ । झुटो माया लाउदिन बरु ब्रम्हचारी बस्छु भनिएको छ गीतमा ।

निर्माण निर्देशन गीतकार वसन्त वित्यासी थापा रहेको गीतको भिडियोमा सुनिल गुरुङ र प्रतिक्षा खतिवडालाई फिचरिङ गरिएको छ । दिपेन बस्न्यातको छायाँकन तथा सम्पादन रहेको भिडियोमा नन्दा अधिकारीको शृङ्गार छ ।

भिडियो भकारी एमडिसीले निर्माण गरेको हो भने बेष्ट टोन म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतकार लामिछानेको का थुप्रै गीत सार्वजनिक भएका भएपनि यो पहिलो सार्वजनिक भिडियो हो ।