• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

नवौं राष्ट्रिय खेलकुद : आइटिएफ तेक्वान्दोको प्रतियोगिता बागलुङमा



बागलुङ ।गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो खेल बागलुङमा हुँदै छ ।

यही असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने प्रतियोगिता अन्तर्गत बागलुङमा हुन गइरहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीलाई तीब्र पारिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा सहित विभिन्न जिल्लामा आयोजना गरिएको सो प्रतियोगिता अन्तर्गत आइटिएफ खेलको प्रतिष्पर्धा बागलुङमा गर्न थालिएको छ ।

यही असोज २८ र २९ गते बागलुङ बजारको बाङ्गेचौर खेल मैदान स्थित कर्वड हलमा आयोजना गर्न थालिएको नवांै राष्ट्रिय आइटिएफ खेलकुद प्रतियोगिताको तयारीलाई तीब्रता बनाइएको आइटिएफका केन्द्रीय सचिव तथा बागलुङ नगर उपप्रमुख राजु खड्काले जानकारीदिनुभयो । “राष्ट्रिय खेलकुद प्रतियोगिता बागलुङमा पहिलो पटक हुदैछ, त्यसमध्ये बागलुङे खेलाडीको रोजाई रहेको आइटिएफ खेल जिल्लामा हुँदैछ, हामीले प्रतियोगिताको तयारी तीब्र बनाएका छौंं”, उहाँले भन्नुभयो “स्थानीय पालिका बागलुङ नगरपालिकाले स्थानीय व्यवस्थापनमा आइटिएफ तेक्वान्दो प्रतियोगिता गर्दै छौं, प्रतियोगिताका लागि ५१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरिएको छ ।”

उहाँका अनुसार बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो मुल व्यवस्थापन समिति गठन गरिएको छ । समितिले प्रतियोगितामा आएको खेलाडीको व्यवस्थापन गर्ने र उद्घाटन सत्रलाई भव्य बनाउने तयारी गरेको छ । आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका २५० खेलाडीबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिता २१ स्वर्ण, २१ रजत र ५६ काश्य पदकका लागि प्रतिष्पर्धा हुने भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रतियोगितामा ४५ रेफ्री सहभागी हुनेछन् । खेलको खर्च नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले व्यहोर्ने छ भने स्थानीय व्यवस्थापनको खर्च बागलुङ नगरपालिकाले गर्ने बागलुङ नगर नगर श्रेष्ठले जानकारी दिनुभयो । बागलुङका लागि राष्ट्रिय प्रतियोगिता गर्ने सौभाग्य प्राप्त भएको जनाउँदै तयारीमा जुटेको उहाँले बताउनुभयो ।

खेलको मुख्य समारोह यही असोज २९ गते बागलुङको कला सांस्कृति झल्काउने झाँकी, बाजा गाजा र कला संस्कृति सहितको हुँनेछ । प्रतियोगिताका लागि बागलुङ स्थित बाङ्गेचौर खेलमैदान सहित रहेको कर्वड हल मर्मत गरिएको र बाहिरको प्राङ्गणाई सुधार गरिएकोे जिल्ला खेलकुद विकास समितिका अध्यक्षकुमार खड्काले बताउनुभयो ।

जिल्लामा आइटिएफमा सर्वाधिक वढी खेलाडी हुनु र राष्ट्रिय प्रतियोगिता समेत बागलुङमा आयोजना हुनेभएकाले खेलाडी वर्गमा उत्साह छाएको छ । नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भएको गण्डकी प्रदेश स्तरीय छनौंट प्रतियोगितामा बागलुङले ८५ पदक प्राप्त गरेको थियो ।

यही असोज २८ देखि कात्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सञ्चालनमा आउने सो प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा बागलुङले ४४ स्वार्ण, २२ रजत र १९ काश्य पदक प्राप्त गर्न सफल भएको हो । जिल्लाले गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा सबैभन्दा बढी पदक प्राप्त गरेको छ । सो प्रतियोगितामा १७ स्वर्ण, २ रजत र २ काश्य पदक प्राप्त गरेको अध्यक्ष खड्काले बताउनुभयो । रासस