• ८ आश्विन २०८०, सोमबार
  •      Mon Sep 25 2023
  •   Unicode
Logo
Latest
★   भोलिबाट इन्द्रजात्रा शुरु हुने, २० जना विदेशी पाहुना आउने ★   कोशी प्रदेश: मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ★   कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ★   सडकमै सुतेर शिक्षकहरुले गरे आन्दोलन– तस्बिरहरु ★   धावक बैकुण्ठ मानन्धरलाई १५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान-२०८०’ प्रदान गरिने ★   कुलेश्वरमा ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल ★   माल्दिभ्सविरूद्ध नेपाललाई २-० को अग्रता ★   गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’ ★   मलङ्गवामा निषेधाज्ञा राति मात्र ★   बालेन वार्ताका लागि आउनुभएको होइन– अभियन्ता ईः

‘द कश्मिर फाइल्स’ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड



एजेन्सी । अक्षय कुमार स्टारर बच्चन पाण्डे फिल्म शुक्रबार रिलिज भए पनि ‘द कश्मीर फाइल्स’ले बक्स अफिसमा आफ्नो उत्कृष्ट व्यापार जारी राखेको छ । 

विवेक रञ्जन अग्निहोत्रीद्वारा निर्देशित फिल्मले आठौं दिन (दोस्रो शुक्रबार) अहिलेसम्मकै उच्च कलेक्शन गरेको छ । 

यो फिल्म हिन्दी सिनेमाको आधुनिक युगको सबैभन्दा ठूलो ब्लकबस्टरहरू मध्ये एक हो, तर यो मामूली बजेटमा बनेको छ ।

अहिलेसम्म आमिर खानको ‘दंगल’ र प्रभास स्टारर ‘बाहुबलीः द कन्क्लुजन’ ले आठौं दिनमा राम्रो व्यापार गरेको थियो । तर, अब ‘द कश्मीर फाइल्स’ ले आठौं दिन २२ करोड कमाएर बाहुबली २ र दंगलको रेकर्ड तोडेको छ । प्रभासको फिल्मले आठौं दिन १९.७५ करोड र आमिर खानको फिल्मले १८.५९ करोड कमाएको थियो ।

विवेक अग्निहोत्रीले निर्देशन गरेको यस फिल्ममा मिथुन चक्रवर्ती, अनुपम खेर, दर्शन कुमार, पल्लवी जोशीको अभिनय रहेको छ ।