६ पुष २०८२, आईतवार
,
Latest
प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनका पनि धनी गायक प्रकाश सपुत



अ+ अ-

काठमाडौं । मानिस सामाजिक प्राणी भएकै कारण हामी एक अर्काप्रति सम्मान र सहयोगको भावना राख्दछौं । कसैले गाएर, कसैले नाचेर, कसैले लेखेर, त कसैले बोलेर यो समाजलाई सकेको टेवा र सेवा दीईरहेकै हुन्छन्  । समाजमा रहेपछि हामी हरेक नागरिकको दायित्व हुन्छ एक अर्कालाई सहयोग गरौं । एक आर्का बिचको मानवताको भावनाले नै संसार अडेको छ । यो समाज बस्न लायक बनेको छ ।

सांगितिक क्षेत्रको कुरा गर्ने हो भने पनि बेला बेला हाम्रा संगित श्रष्टाहरुले पनि आफ्ना गला र कलाले समाजलाई कुनै न कुनै कोणबाट सहयोग गरेका छन् । तिनै श्रष्टाहरुमध्ये हरेक पटक नेपाली समाजमा भएका समस्या र कुरितिहरुको बारेमा आफ्नो गला चलाउने गायक हुन् प्रकाश सपूत । गायक प्रकाश सपूतले नेपाली समाजलाई पछिल्लो समय निकै मार्मिक गितहरुको कोसेली दिएका छन् । उनका गलबन्दी च्यातियो देखी लिएर कुरा बुझ्न पर्च सम्मको सांगितिक कोसेलीले हाम्रो समाजलाई निकै प्रभाव पारेको छ ।

गायक प्रकाश सपूतले आफ्ना संगितको जादुले त नेपालीहरुको मन जितेकै छ, साथ साथै उनको सहयोगी मनले आज साच्चैं नेपालीहरुमाझ उनी प्रतिको सम्मान अझै बढाएको छ । गायक प्रकाश सपूत र उनको टीमले रक्षा नेपाललाई २५ हज़ार रुपैँया, केही थान स्यानिटरी प्याड, र केही थान नूडल्स सहयोग गरेका छन् । यूट्यूब को ट्रेन्डिङ नम्बर एकमा परिरहेको गायक प्रकाश सपूतको “कुरा बुझ्नु पर्च” बोलको गितको टीमको तर्फवाट यो सहयोग रक्षा नेपाललाई गरिएको हो ।

रक्षा नेपालले गायक प्रकाश सपूत र उनको टिमलाई सो सहयोगको निम्ती आभार समेत व्यक्त गरेका छन् । साँच्चै नेपाली कलाकारहरु मनका पनि धनी छन् भन्ने कुराको उदाहरण हो यो सहयोग । समाजमा रहेको हरेक विसंगती, कुरितिको र समकालीन समस्याहरुलाई आफ्नो गितको मार्फत एउटा मिठो कोसेलीको स्वरुप दिएर पस्कन सक्ने क्षमतावान गायक प्रकाश सपूतको यो सहयोगी भावनालाई सलाम छ ।