२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहट क्षेत्र नं १ बाट एकीकृत समाजवादीका अध्यक्ष नेपालको उम्मेदवारी, प्रभु साह स्वतन्त्रबाट



राैतहटमा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल मनोनयन पत्र दर्ता गर्दै ।
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो गृह जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउनुभएको छ ।

रौतहट निर्वाचन क्षेत्र नं १ बाट उहाँले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएको हो । पाँचदलीय गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री नेपालले मुख्य निर्वाचन अधिकृतको कार्यालयमै पुगेर पहिलो नम्बरमा मनोनयन दर्ता गाराउनुभएको हो ।

गौर नगरपालिकाका प्रमुख एवं नेकपा (एकीकृत समाजवादी) रौतहटका नेता शम्भु साहको प्रस्ताव तथा राजदेवी नगरपालिकाका प्रमुख एवं कम्युनिष्ट नेता भिखारीप्रसाद यादवको समर्थनमा पूर्व प्रधानमन्त्री नेपालले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनोनयन दर्ता गराउन नेपालको समर्थनमा निस्केको जुलुसमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सत्यनारायण भगत, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहलगायतको सहभागिता थियो ।

यसैगरी रौतहट निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा पूर्व सहरी विकासमन्त्री एवं एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले आफ्नो मनोनयन स्वतन्त्रबाट दर्ता गराउनुभएको छ ।

पार्टीले टिकट दिए पनि उहाँले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पार्टीभन्दा जनता र कार्यकर्ता ठूलो भएकाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको साहले जानकारी दिनुभयो ।