२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः नेपालविरुद्ध युएईले गुमायो तेस्रो विकेट



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपाल र युएईबीचको खेल जारी छ । 

ओमानको अल अमेरात मैदानमा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

खेलमा नेपालले तीन विकेट लिएको छ । 

नेपालका लागि जितेन्द्र मुखियाले पहिलो विकेट लिएका हुन् । उनले युएईका चिराग सुरीलाई बोल्ड आउट गरे । सुरी ५ बलमा ४ रन बनाउँदै पेभिलियन फर्किए । 

यस्तै दोस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उत्कृष्ट लयमा रहेका युएईका भृत्य अरवीन्दलाई सन्दीपले आउट गराएका हुन् । अरवीन्दले २३ बलमा ४६ रन जोडे । 

नेपालका लागि तेस्रो विकेट अविनाश बोहराले लिए । उनले मुहम्मद उसमानको विकेट लिएका हुन् । उसमान २४ बलमा १७ रन जोड्दै आउट भए । 

यो समाचार तयार पार्दासम्म युएईले १६.३ ओभरमा ३ विकेटको क्षतिमा १३९ रन जोडेको छ ।