१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर डर्बीः सिटीले युनाइटेडलाई ६-३ ले हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा सोमबार भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ६–३ को सानदार जित निकालेको हो ।

सिटीको जितमा एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले ह्याट्रिक गरे । युनाइटेडका एन्थोनी मार्सियलले दुई तथा एन्टोनीले एक गोल फर्काए ।

खेलको आठौं मिनेटमा फिल फोडेनको गोलबाट सिटीले सुरुवाती अग्रता लिएको थियो । उनले बर्नाडो सिल्भाको पासमा गोल गरे । यस्तै, ३४औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । उनले केभिन डि ब्रुएनाको पासमा गोल गरे ।

३७औं मिनेटमा हालान्डले केभिन डि ब्रुएनाकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३–० को स्थितीमा पुर्याए । ४४औं मिनेटमा फिल फोडेनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि सिटी पहिलो हाफमै ४–० ले अघि रह्यो ।

५६औं मिनेटमा एन्टोनीले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । उनले क्रिस्टियन एरिक्सनको पासमा गोल गरे । ६४औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरेपछि सिटी खेलमा ५–१ ले अघि बढ्यो । उनलाई सर्जियो गोमेजले पास उपलब्ध गराए ।

७३औं मिनेटमा फिल फोडेनले गोल गर्दै ह्याट्रिक पूरा गरे । उनलाई हालान्डले पास उपलब्ध गराए । त्यसपछि एन्थोनी मार्सियलले दुई गोल गरेपनि युनाइटेडको हार टार्न सकेनन् ।

८४औ मिनेटमा मार्सियालले गोल गर्दै खेलाई ६–२ को स्थितिमा ल्याए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मार्सियलले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ६–३ को स्थितिमा लगे । त्यसपछि खेल सहजै युनाइटेडको पक्षमा रह्यो ।

जितसँगै सिटी ८ खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित युनाइटेड ७ खेलबाट १२ अंक जोडेर छैटौं स्थानमा छ ।