५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः ब्राइटनसँग लिभरपुलले अंक बाँड्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बराबरी खेलेको छ । शनिबार राति सम्पन्न खेलमा लिभरपुलले ब्राइटनसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

लिभरपुलका लागि रोबर्टो फिर्मिनोले दुई गोल गरे भने ब्राइटनका लागि तिनै गोल लिन्ड्रो ट्रोसार्डले गरे । लिभरपुलको घरेलु मैदान एनिफल्डमा भएको खेलमा चौंथो मिनेटमा नै ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१७ औं मिनेटमा ट्रोसार्डले नै गोल गर्दै ब्राइटनको अग्रता दोब्बर पारे । ३३ औं मिनेटमा फिर्मिनोले गोल गर्दा लिभरपुल २ १ ले पछि पर्यो । ५४ औं मिनेटमा फिर्मिनोले गोल गर्दै खेललाई २-२ को बराबरीमा लगे ।

६३ औं मिनेटमा ब्राइटनका एडम वेब्स्टरले आत्मघाती गोल गरेपछि लिभरपुल ३-२ ले अघि बढ्यो । यता, ८३ औं मिनेटमा ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई हार बाट जोगाए भने उनले ह्याट्रिक समेत पूरा गरे ।

बराबरीसँगै ७ खेलबाट १४ अंकसहित ब्राइटन चौँथो स्थानमा छ भने समान खेलबाट लिभरपुल १० अंकसहित नवौँ स्थानमा छ ।