५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आङ सान सुकी र उनका अष्ट्रेलियाली सल्लाहकारलाई तीन वर्षको जेल सजाय



अ+ अ-

म्यानमारकी नेतृ आङ सान सुकीलाई बिहीबार तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि देशको आधिकारिक गोप्य ऐन उल्लंघन गरेको आरोप छ। यस ऐनमा १४ वर्षसम्म जेल सजाय हुनसक्छ ।

यससँगै उनका आर्थिक सल्लाहकार तथा अष्ट्रेलियाका प्राध्यापक सीन टर्नेललाई पनि यही आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ ।

सीन टर्नेललाई फेब्रुअरी २०२१ मा याङ्गुनमा हिरासतमा राखिएको थियो। केही दिन अघि म्यानमारको सेनाले प्रजातान्त्रिक सरकारको विद्रोहपछि सुकीलाई पक्राउ गरेको थियो ।

नेसनल लिग फर डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकीलाई छुट्टाछुट्टै मुद्दामा दुई दशकभन्दा बढी जेल सजाय सुनाइएको छ ।

दुवैको मुद्दाको सुनुवाइ बन्द सैनिक अदालतमा भएको थियो । सुनुवाइमा मिडियालाई प्रतिबन्ध लगाइएको थियो ।

अष्ट्रेलिया सरकारले म्यानमारको जुन्ता सरकारलाई सीन टर्नेललाई रिहा गर्न लगातार अपील गरिरहेको छ। अष्ट्रेलियाका अधिकारी र सीन टर्नेल दुवैले म्यानमारको सुरक्षा कानून उल्लङ्घन गरेको आरोप अस्वीकार गरेका छन्।

सन् २०२१ को फेब्रुअरीमा म्यानमारमा आङ सान सुकीको सरकारलाई अपदस्थ गरिएको थियो। त्यसयता देशमा सैन्य शासन छ, जसको विरुद्धमा विरोध प्रदर्शन भएको छ । बिबिसीको सहयोगमा