२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

दल विभाजन सम्बन्धी अध्यादेश ल्याए एमालेले प्रतिवाद गर्ने

दल विभाजन सम्बन्धी अध्यादेश ल्याए एमालेले प्रतिवाद गर्ने
अ अ+ अ-

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले ल्याउन खोजेको दल विभाजनसम्बन्धी अध्यादेशको सशक्त प्रतिवाद गर्ने भएको छ । नेकपा(एमाले)को मंगलबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको स्थायी कमिटी बैठकले गठबन्धन सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेकोप्रति आपत्ति जनाउँदै सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको हो ।

अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई नै विभाजित र संकटतिर धकेल्ने भन्दै एमालेले यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । उहाँले पार्टी विभाजित गर्ने षड्यन्त्रविरुद्ध दृढतापूर्वक उभिन पार्टीका सबै नेता, कार्यकर्ताहरुलाई बैठकले आह्वान गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो– ‘संघीय संसदको चालु अधिवेशन हिजो साउन ३२ गते मध्यरातिदेखि हठात अन्त्य गरिएको छ ।

एक दर्जन भन्दा बढी अध्यादेशहरु बारेमा निर्णय गर्नुपर्ने, संसदमा विचाराधिन कयौँ विधेयकहरुको टुंगो लगाउनुपर्ने र जनसरोकारका अनेकौँ विषयहरु बारे बहस गर्नुपर्ने संसदलाई एक महिनासम्म विजनेशविहिन बनाउँदै अन्त्य गरेर सरकारले आफू र गठबन्धनमा आवद्ध पार्टीहरुबाट संसदका बारेमा यस अगाडी भनिएका विषय केवल भ्रम र आडम्बर मात्रै थियो भन्ने पुष्टि भएको छ । यसले गठबन्धनले विगतमा सार्वजनिक रुपमा व्यक्त गरेका अभिव्यक्ति र साझा न्यूनतम कार्यक्रममा लिखित रुपमा व्यक्त गरेको प्रतिवद्धताको समेत धज्जी उडाएको छ ।

यसमाथि संसद अधिवेशनलाई आकस्मिक रुपले अन्त्य गरेर पार्टी विभाजनका लागि अध्यादेश ल्याउने, प्रमुख प्रतिपक्षी दल भित्रका केही अराजक र पदलोलुप व्यक्तिहरुलाई विभाजनका लागि वैधानिक आधार प्रदान गर्ने, र लोकतान्त्रिक प्रणालीभित्र चरम विकृति र भ्रष्टता भित्राउने जुन तयारी गरिदैैँछ, यो विषय अत्यन्त आपत्तिजनक, निन्दनीय र अस्वीकार्य छ । हाम्रो पार्टी गठबन्धन सरकारका यस्ता असंसदीय, अलोकतान्त्रिक र विभाजनकारी योजना प्रति गम्भिर विरोध प्रकट गर्दछ । लोकतान्त्रिक प्रणालीलाई नै विभाजित बनाउने र संकटतिर धकेल्ने यस क्रियाकलाप प्रति खबरदारी गर्दै शसक्त प्रतिवाद गर्ने संकल्प गर्दछ ।

यसबाट उत्पन्न हुने परिणामप्रति सरकार स्वंय नै जिम्मेवार हुनुपर्नेछ । पार्टीका सबै नेता कार्यकर्ताहरुलाई पार्टीलाई विभाजित गर्ने हरेक षडयन्त्रकाविरुद्ध दृढतापूर्वक उभिन र पार्टी एकताको पक्षमा सक्रिय योगदान गर्न बैठक आह्वान गर्दछ ।’

बैठकले अफगानिस्तान घटनाप्रति नेपाल सरकार किंकर्तव्यविमुढ, उदासिन र गैरजिम्मेवार देखिएको निष्कर्ष निकाल्दै अफगानिस्तानमा रहेका नेपालीहरुलाई शिघ्र र सुरक्षित रुपले स्वदेश फिर्ता गराउन माग पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘सार्कको अध्यक्ष हुनुका नाताले संगठनका सदस्य राष्ट्र अफगानिस्तानको बारेमा अन्य सदस्यहरुसँग छलफल र समन्वय गर्ने, सम्बद्ध सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गर्ने, र त्यहाँ रहेका नेपालीहरुको सुरक्षित स्वदेश फिर्तीका लागि प्रभावकारी र तीव्र तयारीमा लाग्नुको सट्टा वर्तमान सरकार यस घटनाप्रति किंकर्तव्यविमुढ, उदासिन र गैरजिम्मेवार देखिएको छ । नेकपा एमाले सरकारको यस्तो निष्प्रभावि र गैरजिम्मेवार तरिकाप्रति खेद प्रकट गर्दै अफगानिस्तानमा रहेका सबै नेपालीहरुको शिघ्र र सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न माग गर्दछ ।’