२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले जित्यो अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज



अ+ अ-

एजेन्सी । सूर्यकुमार यादव र विराट कोहलीको तूफानी अर्धशतकको मद्दतमा भारतले तेस्रो टी–२० अन्तर्राष्ट्रियमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ ।

आइतबार राति भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी–२० सिरिजको तेस्रो खेल हैदरावादमा भएको थियो । यो जितसँगै भारतले तीन खेलको टी–२० सिरिज २–१ ले जितेको छ । पहिलो टी–२० अस्ट्रेलियाले जितेको थियो भने दोस्रो टी–२० भारतले जितेको थियो ।

तेस्रो टी–२० मा अस्ट्रेलियाले भारतलाई १८७ रनको लक्ष्य दिएको थियो । क्यामरुन ग्रीनले २१ बलमा ५२ रन र टिम डेभिडले २७ बलमा ५४ रन बनाए । जवाफमा भारतीय टोलीले १९.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। भारतका लागि सूर्यकुमार यादवले ३६ बलमा ६९ रन बनाए । यस्तै, विराट कोहलीले ४८ बलमा ६३ रनको इनिङ्स खेले ।

रोमाञ्चक खेलमा भारतलाई अन्तिम ओभरमा ११ रन आवश्यक थियो । त्यतिबेला विराट कोहली र हार्दिक पाण्ड्या क्रिजमा थिए । डेनियल साम्सले बलिङ गरिरहेका थिए । कोहलीले पहिलो बलमा छक्का प्रहार गरे ।

तर, अर्को बलमा कोहलीलाई फिन्चले क्याच आउट पारे । तेस्रो बलमा दिनेश कार्तिकले एक रन लिए । भारतलाई अन्तिम तीन बलमा चार रन चाहिएको थियो । त्यस्तै चौथो बलमा हार्दिकले कुनै रन बनाउन सकेनन् । पाँचौं बलमा साम्सले वाइड योर्कर प्रहार गर्ने प्रयास गरे तर बल हार्दिकको ब्याटमा लागेर थर्ड म्यानमा चार रन जोडियो । यसरी भारतले एक बलमा जित निकाल्न सफल रह्यो ।

भारतले अष्ट्रेलियालाई घरेलु मैदानमा ९ वर्षपछि टी–२० सिरिजमा पराजित गरेको हो । टीम इण्डियाले २०१३ यता टी–२० सिरिजमा अष्ट्रेलियालाई हराउन सकेको थिएन ।