२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारालिम्पिक टोलीलाई केल्मीद्वारा खेल पोशाक प्रदान



अ+ अ-

काठमाडौं । जापानमा हुने टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टोलीलाई कामरु ट्रेडिङ प्रा।लि। ले केल्मीको खेल पोशाक मंगलबार प्रदान गरेको छ । नेपालमा केल्मीको आधिरिक विक्रेता कामरुले पूर्व सम्झौता बमोजिम टोलीलाई खेल पोशाक प्रदान गरेको हो । कामरुले टोकियोमै सम्पन्न ३२ औं ग्रीष्मकालीन टोकियो ओलम्पिकमा सहभागी नेपाली टोलीलाई पनि केल्मीको खेल पोशाक प्रायोजन गरेको थियो ।

पारालिम्पिकमा सहभागी हुने १ खेलाडीसहित ५ सदस्यीय टोलीलाई कामरुका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले दरबारमार्गस्थित आफ्नै कार्यकक्षमा सामाग्री हस्तान्तरण गरे ।
अगष्ट २४ तारिखदेखि सुरु हुने पारालिम्पिक नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनले प्रतिस्पर्धा गर्दैछिन् । पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।

पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी हुँदै छन् । टोली शुक्रबार जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रबन्ध निर्देशक न्यौपानेले केल्मीले विभिन्न खेलमा प्रायोजन गर्दै आएको जानकारी गराउदै पारालिम्पिकमा नेपालले राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।