२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एथलेटिक्स परिवारद्वारा वार्षिक कार्यक्रम घोषणा



अ+ अ-

काठमाडौं । एथलेटिक्स परिवार, नेपालले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रम घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एथलेटिक्स परिवारले वार्षिक कार्यक्रम घोषण गरेको हो ।

एथलेटिक्स परिवारले २०७८ मंसिरमा काठमाडौंमा युथ एथलेटिक्स च्याम्पियनसिप (यु–१६÷यु–२०), २०७८ माघमा नुवाकोटमा झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता, २०७८ फागुनमा काठमाडौंमा गोल्डेन एथलेटिक्स मिट र २०७९ साउनमा खुला क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना गर्ने परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिए । खुला क्रसकन्ट्रीको स्थान भने पछि तय गरिने बताइएको छ । सबै प्रतियोगिता आयोजना गर्न करिब ४५ लाख खर्च लाग्ने परिवारले जनाएको छ ।

सोही अवसरमा एथलेटिक्स परिवारको ९ सदस्यीय पदाधिकारीहरुको नामवली पनि सार्वजनिक गरिएको थियो । अध्यक्षमा खत्रीलगायत उपाध्यक्षमा दीपककुमार रन्जित, सचिवमा मन्जु श्रेष्ठ, कोषाध्यक्षमा सुष्मा पाण्डे तथा सदस्यमा राजकुमारी पाण्डे, सिताराम महतो, सुन्दरकेशर कार्की, बुलाल महर्जन र आसराम गोठे रहेका छन् ।

सल्लाहकारमा मोहन नेपाल, सुशिलनरसिंह राणा, सुनिल राजवंशी र सन्जिव तुलाधरलाई चयन गरिएको छ । अध्यक्ष खत्रीले एथलेटिक्स परिवार, नेपाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको जानकारी  गराए ।