• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   युएईविरुद्ध कुशल भुर्तेल गोल्डेन डकआउट ★   धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ★   युएईविरुद्ध नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने ★   शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासंघको चेतावनी ★   हार्दिक पाण्ड्यालाई १२ लाख जरिवाना ★   रोहित शर्मा २५० आईपीएल खेल खेल्ने दोस्रो खेलाडी ★   प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट ★   कोशी प्रदेशको राजनीति झन् पेचिलो ★   सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना: ३ जनाको मृत्यु, ३२ घाइते ★   सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ जना घाइते (अपडेट)

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो: नेपाल १० स्वर्णसहित अग्रस्थानमा



पोखरा । पोखरामा जारी ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनशिप २०२२’ जी–२ ¥याङ्किङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनशिप–२०२२’ मा नेपाल सर्वाधिक पदकसहित अग्रस्थानमा रहेको छ ।

नेपाल तेक्वान्दो सङ्घको आयोजनामा यही असोज ६ देखि ९ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहल र ब्याडमिन्टन हलमा जारी प्रतियोगिताको आज साँझसम्मको नतिजामा विभिन्न इभेन्टअन्तर्गत २१ वटा समूहको प्रतिस्पर्धामा नेपाल १० वटा स्वर्ण पदक हात पार्दै अग्रस्थानमा रहेको हो ।

यसैगरी छिमेकी मुलुकले भारत सात स्वर्ण पदकसहित नेपाललाई पछ्याइरहेको गण्डकी प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिनुभयो । नेपालसहित विभिन्न १३ देश सहभागी भएको प्रतियोगितामा मलेसियाले दुई स्वर्ण जित्दा बङ्गलादेश र पाकिस्तानले एक÷एक स्वर्ण पदक जितेको आयोजकले जनाएको छ ।

नेपालका तर्फबाट स्वर्ण पदक जित्न सफल खेलाडीहरुमा १४ देखि १८ वर्ष उमेर समूहतर्फ आयुष गुरुङ, १८ देखि ३० वर्ष पुरुषतर्फको खेलमा जीत, प्रेम र अन्जनको समूहले स्वर्ण पदक हात पार्दा १४ देखि १८ वर्ष उमेर समूहमा अर्पणा चौधरीले स्वर्ण पदक दिलाउनुभयो ।

यसैगरी नौदेखि १२ वर्ष उमेर समूहमा प्रतीक्षा राना, १४ देखि १८ वर्ष टोली पुरुषतर्फको खेलमा ओम भण्डारी, उपासक घिमिरे र आयुष सुवाल, नौदेखि १२ वर्ष उमेर समूहमा महिलातर्फको खेलमा जेसिका लामा, रासिया श्रेष्ठ र कुसुम तामाङले स्वर्ण पदक हात पार्नुभयो ।

यसैगरी १२ देखि १४ वर्ष उमेर समूहमा ट्रिजन चौधरी र सोही इभेन्टको महिलातर्फको टिम इभेन्टमा अन्जिला मोक्तान, सयिना रिजाल र निकिता रावतले स्वर्ण पदक हात पार्न सफल हुनुभयो ।

व्यक्तिगत तथा टोलीमा विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, राखेप सदस्य राजेशकुमार गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङ, भूतपूर्वखेलाडी मञ्चका अध्यक्ष हरि पराजुलीलगायतले पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा जी–२ ¥याङ्किङ तथा ब्याडमिन्टनको हलमा पुम्सेका खेलहरु भइरहेका छन् । प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, श्रीलङ्का, अमेरिका, बङ्गलादेशलगायतका १३ देशका एक हजार चार सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।रासस