३० भाद्र २०८३, मंगलवार
,
Latest
सुनचाँदीको मूल्य घट्यो जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बृहत् योग शिविर सुरु



अ+ अ-

तनहुँ । पताञ्जलि योग समिति काठमाडौंको सहकार्यमा आँबुखैरेनी गाउँपालिकाले बृहत् योग शिविरको आयोजना गरेको छ । 

गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले शनिबार संयुक्त रुपमा सो शिविरको उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष थापाले योग मानव जीवनका लागि अपरिहार्य भएको बताउनुभयो । मानिसको शारीरिक एवं मानसिक तनावमुक्त गर्न योग अति आवश्यक रहेकाले यो दैनिक रुपमा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

‘गरौँ योग, रहौँ निरोग’ भन्ने मूल नाराका आयोजित पाँच दिने सो शिविरमा पाँच सय जनाको सहभागिता रहेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।  

मानिसहरुमा योग जागरण ल्याउने र मानसिक तथा शारीरिक तनावलाई छुट्कारा दिलाउनका लागि योग शिविर आयोजना गरिएको योग विज्ञान शिविर व्यवस्थापन समिति पताञ्जलि योग आँबुखैरेनी तनहुँका अध्यक्ष पम्फा श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “योगबाट कुनै मानिसको समस्या छिट्टै निको पनि भइहाल्छ, कुनैको केही समय लाग्न सक्छन् तर प्रभावकारी हुन्छ ।” 

शिविरमा पतञ्जलि योग समिति नेपालको मुख्य केन्द्रीय प्रभारी लवदेव गुरुले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।