• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल ★   मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना ★   एमडीएमएस खरिद प्रकरण: दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर ★   प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट: रिपोर्ट ★   नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि ★   हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान ★   स्वरोजगार महिलालाई उपमहानगरको सम्मान ★   राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणा

अलविदा राजुः हास्यकलाकारले यसरी सबैलाई रुवाएर गए



एजेन्सी । चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तवको अन्तिम संस्कार गरिएको छ । बिहीबार दिल्लीको निगमबोध श्मशान गृहमा उनको दाहसंस्कार गरिएको हो । उनका भाइले राजुलाई दागबत्ती दिए ।

यस क्रममा उनको परिवारका सदस्य, सुनील पाल, ईशान कुरैशी, मधुर भण्डारकरलगायत धेरै सेलिब्रेटीहरू उपस्थित थिए ।

उनको शवयात्रा आज बिहान ९ः४५ बजे भाइको घर दिल्लीको द्वारका दशरथपुरबाट सुरु भएको थियो । जसमा राजुका फ्यानहरुको पनि ठूलो सहभागिता रहेको थियो ।

डेढ महिनाभन्दा बढी भेन्टिलेटरमा रहेपछि राजुको हिजो बुधबार ५८ वर्षको उमेरमा निधन भएको थियो । अगस्ट १० मा कसरत गर्दागर्दै उनलाई हृदयघात भयो, त्यसपछि उनलाई ४२ दिनसम्म दिल्लीको एम्समा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको अवस्था सामान्य रहेको थियो । तर हिजो अचानक स्वाथ्य बिग्रिएपछि उनी यस संसारबाट विदा भए ।

राजुको अन्तिम दर्शनका लागि आफन्त बाहेक कैयौं, राजनीतिज्ञ र सेलिब्रेटीहरु पनि घर पुगेका थिए । द्वारकाको दशरथपुरमा उनको विदाईको अन्तिम तयारी हिजो साँझदेखि नै भइरहेको थियो ।

राजुको शवयात्रामा ठूलो संख्यामा फ्यानहरुको उपस्थिति रहेको थियो । राजुको शव राखिएको एम्बुलेन्समा ठाउँ–ठाउँमा पुष्पवृष्टि गरिएको थियो । फ्यानहरूले उनलाई भिजेका आँखाले विदाई गरे ।

राजुको शव हिजो द्वारका नजिकैको दशरथपुरी लगिएको थियो । उनका कान्छो भाइ दिपु श्रीवास्तव र दाई सीपी श्रीवास्तव हिजो साँझ दिल्ली पुगेका थिए ।

आफन्तले राजुको स्वास्थ्यमा सुधार हुँदै गएको र २–३ दिनमा भेन्टिलेटर निकाल्ने तयारी गरिएको बताएका थिए भने उनको औषधिको डोज पनि घटाइएको थियो । तर, उनले मृत्युलाई जित्न सकेनन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह तथा अक्षय कुमार, अजय देवगनलगायत फिल्म उद्योगका धेरै ठूला हस्तीहरूले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर राजु श्रीवास्तवको निधनमा शोक व्यक्त गरेका छन् ।

राजु श्रीवास्तव भारतका सबैभन्दा लोकप्रिय र मनपर्ने हास्य कलाकार मध्ये एक थिए। उनले कहिले रियालिटी शोमा उत्कृष्ट प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिए त कहिले फिल्म मार्फत दर्शक हँसाए । राजु सफल सेलिब्रेटी हुन सक्छन्, तर उनको प्रारम्भिक करियर उतार–चढावले भरिएको थियो । कानपुरको एक मध्यमवर्गीय परिवारमा जन्मिएदेखि राजुको सफलताको यात्रालाई यहाँ चर्चा गरौँ ।

राजु श्रीवास्तव कानपुरको एक मध्यमवर्गीय परिवारमा जन्मेका थिए । बाल्यकालमा, उनको नाम सत्य प्रकाश थियो, जो पछि राजु श्रीवास्तव बने । उनका बुबा रमेश चन्द्र श्रीवास्तव सरकारी कर्मचारी थिए र शौकको रूपमा कविता लेख्दथे । बिदाको समयमा उनका बुबा कवि सम्मेलनमा भाग लिन्थे ।

यसर्थ मानिसहरूलाई मनोरञ्जन दिने सीप राजुले बुबाबाट पाएका थिए । सानैदेखि राजुले घरमा आएका पाहुनाको अगाडि नक्कल गर्ने गर्थे भने विद्यालयमा शिक्षकको नक्कल गरेर अरुलाई धेरै हँसाउने गर्थे । धेरै शिक्षकले उनलाई नराम्रो बोलेर सजाय दिने गर्थे तर एक जना शिक्षकले उनलाई हौसला दिएर कमेडीमा करियर बनाउन सल्लाह दिए ।

राजुले बाल्यकाल देखि नै अभिनय र कमेडीमा आफ्नो भविष्य देखेका थिए । जसको लागि उनी १९८२ मा लखनउ छोडेर सपनाहरु को शहर, मुम्बई गए । यहाँ बस्नलाई घर थिएन, खानलाई पैसा थिएन । घरबाट पठाएको पैसा कम हुन थालेपछि राजु अटो चालक बने । मुम्बईमा राजुले करिब ४–५ वर्ष संघर्ष गर्नुपरेको थियो ।

एक दिन एक सवारीले राजुको शैलीबाट प्रभावित भएर उनलाई स्टेज प्रस्तुति दिन आग्रह गरे । राजु राजी भए र प्रस्तुति दिए, जसको लागि मात्र ५० रुपैयाँ प्राप्त भयो । त्यसपछि राजुले लगातार स्टेज शो गर्न थाले । राजु श्रीवास्तव स्टेज शो गर्दा अमिताभ बच्चनको नक्कल गर्थे । यहीँबाट मानिसहरूले उनको लुकलाई अमिताभ बच्चनसँग तुलना गर्न थाले ।

स्टेज शो गर्दा फिल्मी उद्योगका मान्छेसँग उनको चिनजान बढ्दै गयो, त्यसपछि राजुले फिल्ममा स–साना भूमिका पाउन थाले । राजु पहिलो पटक सन् १९८८ मा फिल्म ‘तेजाब’मा देखा परेका थिए । त्यसपछि उनले करिब १९ चलचित्रमा अभिनय गरे ।

राजु श्रीवास्तव पहिलो पटक १९९४ को शो ‘टी टाइम मनोरञ्जन’मा देखा परेका थिए । त्यसपछि उनले ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’को पहिलो सिजनमा भाग लिए । यस शोमा राजुले तेस्रो स्थान हासिल गरे जसले उनलाई देशैभर चिनाएको थियो ।

राजुले १९९३ मा शिखासँग विवाह गरेका थिए भने उनीहरुका दुई सन्तान अन्तरा र आयुष्मान छन् । यस्तै, उनका एक बहिनी र ५ ​​दाजुभाई छन् ।