२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ औं संस्करण साफ च्याम्पियनसिपः नेपालको पहिलो प्रतिद्वन्द्वी आयोजक



अ+ अ-

काठमाडौं । पाँच देशको सहभागिता निश्चित भएको १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै सुरुआत गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आज १३ औं संस्करणमा ५ देशलाई सहभागि बनाई जारी गरेको तालिकामा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स पाएको हो । वर्ष दिन पछि धकेलिएको १३औं संस्करणमा आयोजक माल्दिभ्स, भारत, नेपाल, बंगलादेश र श्रीलंकाको सहभागिता रहने निश्चित भएको हो ।

यस संस्करणमा भुटान र पाकिस्तानको सहभागिता नहुने निश्चित भएको छ । यस अघि भुटानले सहभागिता जनाउन सक्ने संकते दिएको थियो तर अन्तिम समयमा सहभागिता कोरोनाका कारण नजनाउने भएपछि भुटानसँगै फिफबाट निलम्बनमा परेको  पाकिस्तान पनि प्रतियोगितबाट बाहिर रहेका हुन ।

पाँच राष्ट्र सहभागिता रहने प्रतियोगिता असोज १५ देखि २७ गते सम्म आयोजना हुँदै छ । आज सार्वजनिक गरेको तालिका अनुसार नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । यस्तै नेपालले दोस्रो खेल श्रीलंकासँग असोज १७ गते, तेस्रो खेलमा भारतसँग असोज २२ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २५ गते खेल्ने तालिका रहेको छ ।

प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज २७ गते प्रतिस्पर्धा गर्नेछन् । साफ च्याम्पियनसिपको लागि नेपालले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रशिक्षणमा पोखरा रंगशालामा तयारीलाई तिब्रता दिइरहेको छ । प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अलमुताइरीले पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट १० खेलाडीलाई बाहिर राख्दै २८ खेलाडी छनोट गरेका छन् ।