१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार अधिकारीलाई मातृशोक



अ+ अ-

लामो समय नेपालमा आर्थिक पत्रकारिता गर्नु भएका मधुकर अधिकारीलाई मातृशोक परेको छ । उहाँकी ८० वर्षीया आमा तुलसादेवी अधिकारीको सोमबार दिउँसो आफ्नै निवास भरतपुर महानगरपालिका–५ मा निधन भएको हो ।

कोरोना भाइरस सङ्क्रमणका कारण बिरामी पर्नुभएकी अधिकारीको क्रमशः गल्दै गएर निधन भएको पारिवारिक स्रोतले बताएको छ । उहाँका तीन छोरा र ५ छोरी हुनुहुन्छ । उहाँको सोमबार नै देवघाटमा अन्त्येष्टि गरिएको छ ।

पत्रकार अधिकारी हाल राष्ट्रिय समाचार समितिका लागि न्यूयोर्क प्रतिनिधिका रूपमा समेत कार्यरत हुनुहुन्छ ।