१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिजाल र शेरचनलाई ‘वानीरा पुरस्कार’



अ+ अ-

काठमाडौं । प्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा। वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रु एक लाख छ ।

यसैगरी नेपाली भाषा र साहित्यमा समर्पित कवयत्री श्रीमती उषा शेरचनलाई रु पचास हजारसहितको ‘वानीरा पुरस्कार’ प्रदान गरिने भएको छ ।

डा। वानीरा गिरीको ७९औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौँमा वानीरा फाउन्डेशन भवनको उद्घाटनका क्रममा ती पुरस्कार प्रदान गरिने फाउन्डेशनले जनाएको छ ।

फाउन्डेशनका संस्थापक तथा संरक्षक ई. शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।