२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक सुरु



अ+ अ-

काठमाडौँ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बोलाइएको नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक केहिबेरअघि सुरु भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली तय गर्ने बुझिएको छ ।

यसअघि हिजो शनिबार बसेको बैठकमा सङ्घीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो ।