• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा ★   चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर ★   अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै ★   प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ ★   कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै ★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत

महिला साफ च्याम्पियनसिपः भुटानलाई ८–० गोलले हराउँदै बंगलादेश फाइनलमा



काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो । बङ्गलादेशको जितमा सविना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।

बङ्गलादेशले खेल सुरुआती दोस्रो मिनेटमा मोसाम्मतको गोलबाट सुरुआती अग्रता बनायो । खेलको १८ औँ मिनेटमा सविनाले गोल गर्दै बङ्गलादेशको अग्रता २–० को बनाइन् । त्यसपछि खेलको ३० औँ मिनेटमा श्रीमोतीले गोल गर्दा बङ्गलादेशको अग्रता तेब्बर बन्यो भने खेलको ३५ औँ मिनेटमा रितुले गोल गरेपछि पहिलो हाफमा बङ्गलादेश ४–० ले अघि रह्यो ।

त्यसैगरी खेलको दोस्रो हाफमा बङ्गलादेशले थप चार गोल गर्यो । खेलको ५४ औँ मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता ५–० को बनाइन् । खेलको ५७ औँ मिनेटमा मसुराले गोल गर्दा बङ्गलादेश ६–० ले अघि रह्यो । खेलको ८७ औँ मिनेटमा तोहोराले गोल गरेपछि बङ्गलादेश ७–० ले अघि रह्यो । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा सविनाले ह्याट्रिक पूरा गर्दै बङ्गलादेशलाई ८–० को जित दिलाइन् ।

अब बङ्गलादेशले आजै हुने अर्को सेमिफाइनल खेलको विजेता टोलीसँग फाइन खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा नेपाल र भारत भिड्नेछन् यसको विजेता फाइनल पुग्नेछ । नेपाल र भारतबीचको खेल आज साँझ ५ः३० बजे सुरु हुनेछ ।