२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका चितवन जिल्ला सहइन्चार्ज परियार एमालेमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका पार्टी सहइन्चार्ज यमबहादुर परियार (इन्द्रजीत) नेकपा (एमाले) प्रवेश गरेका छन् ।

पार्टी केन्द्रीय सदस्यसमेत रहेका परियार पार्टीभित्र प्रभावशाली नेताका रुपमा मानिन्छन् । एमाले र माओवादी एकतापछि बनेको नकेपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार यसअघि पाँचपटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता हुन् ।

उनीसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत अन्य माओवादी नेताहरु बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

परियारले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गर्दै आएको हुँदा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मुखमा उनीहरुको एमाले प्रवेशले माओवादी पार्टी तथा अध्यक्ष प्रचण्डलाई निकै धक्का लाग्ने अनुमान गरिएको छ ।