१० असार २०८३, बुधबार
,
Latest
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठकको शून्य समयमा कसले के भने ?(भिडियोसहित)



प्रतिनिधिसभा बैठक
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य भीमसेनदास प्रधानले संसदको बैठकमा नियमित आउने र नआउनेबीचको मूल्याङ्कन नभएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद प्रधानले यस्तो बताउनुभएको हो । उहाँले अब बन्ने संसदमा सांसदहरुको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गर्न माग गर्नुभयो । सांसद प्रधानले संसद बैठकमा गणकपुरक सख्या नपुग्दा तीन मिनेट घण्टी बझाउनुपर्ने स्थिति भएको भन्दै संसदहरुप्रति नकारात्मक समाचार बाहिर गएको बताउनु भयो । उहाँले सांसदहरुको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गरी संसदमा बस्ने र नबस्ने सांसदहरुको सही मूल्याङ्कन हुनुपर्ने बताउनु भयो ।

त्यस्तै,सांसद मनकुमारी जिसीले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले प्राथमिक तहदेखि उच्च माविसम्मका शिक्षकहरुको माग सम्बोधन नभएसम्म गुणस्तरिय शिक्षा हुन नसक्ने बताउनु भयो । सांसद जिसीले सरकारले आन्दोलनरत शिक्षकको माग सम्बोधनमा ध्यान नदिएको बताउनु भयो ।

सांसद महेश बस्नेतले केही जनप्रतिनिधिहरुले साइवर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप लगाउनु भयो । उहाँले अहिलेको राजनीतिक व्यवस्थालाई बिथोल्ने,नेता र कायकर्ताको बदनाम गराउने अन्तर्राष्ट्रिय तत्वहरु रहेको दाबी गर्नुभयो ।

उहाँले सूचना प्रविधि ऐनलाई व्यवस्थित गर्दै त्यस्तो कार्य गर्नेलाई कानूनी कारबाही गर्न आग्रह गर्नुभयो । सांसद बस्नेतले काठमाडौं महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरुको उचित समय र क्षतिपूर्ति दिनु पर्ने माग राख्नु भयो । उहाँले डेंगु रोग नियन्त्रण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले नागरिकता विधेयक अब वर्तमान संसदको अवधि सकिएकाले अर्को संसदमा छलफल गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै सांसद मिना पाण्डेले नागरिकता विधेयक राष्ट्रपतिले रोक्न नहुने बताउनु भयो । उहाँले विधेयकमा अगिंकृत नागरिकतालाई खुला नगरेको भन्दै राष्ट्रपति त्यही समस्यामा अल्झिन नहुने बताउनु भयो ।

त्यस्तै सांसद यज्ञराज सुनुवारले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले उठाएका गम्भिर सवालमा सरकार र महाअभियोगमा हस्ताक्षर गर्ने सांसदहरु नबोल्दा संसय पैदा भएको बताउनु भयो । उहाँले महाअभियोगलाई मंसिर ४ गतेको निर्वाचनमार्फत जनअभियोगमा रुपान्तरण गर्ने प्रयास भइरहेको हो ? भन्ने प्रश्न उठेको बताउनु भयो ।

त्यस्तै सांसद यशोदा गुरुङ सुवेदीले सार्वभौम संसदलाई निर्देशन गर्ने अधिकार निर्वाचन आयोगलाई नभएको बताउनु भयो । उहाँले निर्वाचन आयोगले असोज १ गते राति १२ बजेपछि संसदको अवधि सकिने भन्ने पत्र पठाएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले विदेशी नागरिकले नेपालको नागरिकता प्राप्त गर्दा समानता र राष्ट्रियता दुवै विषयलाई गम्भिररुपमा लिनुपर्ने बताउनु भयो । नागरिकता विधेयकमा राष्ट्रिय सहमति नबनेको अवस्थामा प्रश्तुत विधेयक राष्ट्रपतिले तत्काल पास गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै सांसद राजन केसीले संसदलाई निर्वाचन आयोगले चिनाउने वा संसदले चिनाउने स्पष्ट हुनुपर्ने बताउनु भयो ।

उहाँले सांसद निर्वाचित भएर शपथ नखाएसम्म संसदको कार्यकाल शुरु नहुने व्यवस्था रहेको बताउनु भयो ।