२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

के छ ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमा ?

के छ ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमा ?
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । दुवै दलले काठमाडौंमा बस्ने गरी एकै दिन केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

नेकपा एमालेको बैठक पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने छ । तयसैगरी माओवादी केन्द्रको बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा दुवै दलका अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

माओवादीका केन्द्रका अध्यक्ष दाहालले आफ्नो प्रतिवेदनलाई ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षक दिएका छन् ।

एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहयात्राको उपलब्धि, सरकारले गर्न नसकेका काम, सुधारको आवश्यकता, आन्तरिक तथा वाह्य परिस्थितिलगायतको विश्लेषण गरिएको छ ।

यसैगरी प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषयसमेत समेटिएको छ ।

आज ओलीले प्रतिवेदन पेश गरेपछि केन्द्रीय सदस्यलाई प्रतिवेदनमाथि बेग्लाबेग्लै धारणा एमालेले मिलाएको छ ।

एमालेले यसअघि यस्ता प्रतिवेदनमाथि समूहगत छलफल गर्दै आएको थियो । अहिले छलफलका लागि प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय उपलब्ध गराइएको छ ।

माओवादी केन्द्रमा पनि अध्यक्ष दाहालले पेश गरेको प्रतिवेदनमाथि आजैदेखि छलफल थालिने छ ।

केन्द्रीय समिति बैठक अघि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बिहान ८ बजे बस्दै छ ।

दुवै दलले दुई दिनभित्र केन्द्रीय समिति बैठक सक्ने तयारी गरेका छन् । अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेपछि बस्न लागेको एमालेको पहिलो केन्द्रीय समिति बैठक हो ।

बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत सहभागी हुनेछन् ।

गत १८ पुसमा एमाले सचिवालय बैठकले बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।

संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने नेताहरूले बताएका छन् ।

उता, माओवादी केन्द्रको बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारीको सहभागीता हुने बताइएको छ ।