३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्याम्ब्रिज विश्वविद्यालयको बोटानिक गार्डेनको ‘न्यूटनको स्याउको रूख’ आँधीले लड्यो



अ+ अ-

क्याम्ब्रिज । क्याम्ब्रिज विश्वविद्यालय बोटानिक गार्डेनले आफ्नो ‘न्यूटनको स्याउको रूख’ लाई युनिस नामको तुफानमा गुमाएको छ।

गार्डेन क्यूरेटर डा स्यामुएल ब्रोकिङ्गटनले उक्त रुख सन् १९५४ मा रोपिएको र बोटानिक गार्डेनको ब्रुकसाइड प्रवेशद्वारमा ६८ वर्षदेखि ठडिएको बताए।

उनका अनुसार सो रुख सर आइज्याक न्युटनलाई गुरुत्वाकर्षणको नियम पत्ता लगाउन अगुवाइ गर्ने रुखबाट क्लोन गरिएको थियो।

बोटानिक गार्डेनले उक्त रूखको क्लोन रहेको भन्दै त्यसलाई छिट्टै बगैँचामा अन्यत्र रोपिने जनाएको छ।

एउटा स्याउ खसेर न्यूटनलाई गुरुत्वाकर्षणको सिद्धान्त बनाउन अगुवाइ गर्ने स्याउको रुख लिङ्कनशायरको ग्रान्थमको वूलस्टोर्प मनोरमा छ। बिबिसी