९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्याम्ब्रिज विश्वविद्यालयको बोटानिक गार्डेनको ‘न्यूटनको स्याउको रूख’ आँधीले लड्यो



अ+ अ-

क्याम्ब्रिज । क्याम्ब्रिज विश्वविद्यालय बोटानिक गार्डेनले आफ्नो ‘न्यूटनको स्याउको रूख’ लाई युनिस नामको तुफानमा गुमाएको छ।

गार्डेन क्यूरेटर डा स्यामुएल ब्रोकिङ्गटनले उक्त रुख सन् १९५४ मा रोपिएको र बोटानिक गार्डेनको ब्रुकसाइड प्रवेशद्वारमा ६८ वर्षदेखि ठडिएको बताए।

उनका अनुसार सो रुख सर आइज्याक न्युटनलाई गुरुत्वाकर्षणको नियम पत्ता लगाउन अगुवाइ गर्ने रुखबाट क्लोन गरिएको थियो।

बोटानिक गार्डेनले उक्त रूखको क्लोन रहेको भन्दै त्यसलाई छिट्टै बगैँचामा अन्यत्र रोपिने जनाएको छ।

एउटा स्याउ खसेर न्यूटनलाई गुरुत्वाकर्षणको सिद्धान्त बनाउन अगुवाइ गर्ने स्याउको रुख लिङ्कनशायरको ग्रान्थमको वूलस्टोर्प मनोरमा छ। बिबिसी