२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी छ: मन्त्री रेग्मी(भिडियोसहित)



अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताउनु भएको छ ।

मंगलबार काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषदको व्यवसायिक तालिम केन्द्र भवनको उद्घाटन गर्दै मन्त्री रेग्मीले सो कुरा बताउनु भएको हो । त्यस अवसरमा उहाँले सो भवन महिलाहरुलाई आधारभूत तालिम दिई दक्ष बनाउन उपयोग हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

मन्त्री रेग्मीले सो भवनलाई उद्देश्यमूलक ढंगले संचालन गर्न समाज कल्याण परिषदका पदाधिकारीहरुलाई निर्देशन समेत दिनु भयो । उहाँले भन्नु भयो, ‘महिलाहरुलाई आत्मनिर्भर बनाउन जरुरी छ । यो तालिम केन्द्र पनि भाडामा लाग्ने छैन । यसले महिलाहरुलाई तालिम दिएर उपलब्धिमूलक बनाउने छ । यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ ।’

मन्त्री रेग्मीले महिलाहरुको दक्षता अभिवृद्धि गरी उनीहरुलाई उद्यमी बनाउने काममा मन्त्रालयले पनि सो तालिम केन्द्रलाई आवश्यक सहयोग गर्ने आश्वासन समेत दिनु भयो ।

कतार च्यारिटीको सहयोगमा निर्माण गरिएको सो भवनमा ४ वटा तालिम कोठा, २ वटा अफिस कोठा, १ वटा सेमिनर हल र ८ वटा शौंचालय रहेका छन । त्यस अवसरमा महिलाहरुको सिलाईकटाई तालिमको पनि शुभारम्भ गरिएको थियो । महिलाहरुलाई आयआर्जनको काममा लगाउने उद्देश्यले सो तालिमको शुभारम्भ गरिएको समाज कल्याण परिषदले जनाएको छ ।