१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कपको उपाधि



अ+ अ-

एजेन्सी । श्रीलंका छैटौं पटक एसिया कप च्याम्पियन बनेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले उपाधि जितेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे । पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । भानुका राजपाक्षेले ७१ रनको अविजित इनिङ्स खेले ।

जवाफमा पाकिस्तानको टोली २० ओभरमा १४७ रनमा अलआउट भयो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ४९ बलमा ५५ रन बनाए । श्रीलंकाको जितमा प्रमोद मदुशन र वानिन्दु हसरंगा नायक बने । मदुशनले चार र हसरंगाले एकै ओभरमा तीन विकेट लिए ।

श्रीलंकाले पहिलो पटक सन् १९८६ मा एसिया कपको उपाधि जितेको थियो । यसपछि टोलीले सन् १९९७, २००४, २००८, २०१४ र अहिले २०२२ मा उपाधि जितेको छ । भारतले यो उपाधि सबैभन्दा धेरै पटक जितेको छ । श्रीलंका अब भारतसँगको बराबरी गर्न एक उपाधि मात्र टाढा छ ।