९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

बाल विवाह र हिंसाको विरुद्धमा किशोरीहरु

बाल विवाह र हिंसाको विरुद्धमा किशोरीहरु
अ अ+ अ-

रुकुमपूर्व । हाम्रो समाजमा बालबालिकाको कुरालाई सजिलै सबैले पत्याउँदैनन् । बालबालिकाले राम्रै कुरा गरेपनि उनीहरुका कुरालाई सामान्य रुपमा हेर्ने चलन यो समाजमा रहेकामा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका बालबालिकाले नमूनायोग्य काम गर्दै आएका छन् ।

बालविवाह व्याप्त रहेको उक्त गाउँपालिकामा पालिकास्तरीय बाल क्लब सञ्जाल, किशोरी र आमा समूह सञ्जाल तथा वडास्तरीय बाल क्लब, किशोरी समूह, आमा समूहले बाल विवाह न्यूनीकरणका लागि विभिन्न अभियान चलाउदै आएका छन् । बाल विवाह न्यूनीकरणका लागि थालिएको अभियानले समाजमा प्रभाव पनि पार्न थालेको छ ।

उक्त गाउँपालिकाको वडा नम्बर १० की १६ वर्षीया शिरिमाया पुन अहिले कक्षा १० मा पढ्नुहुन्छ । यो उमेरमै बाल विवाह न्यूनीकरण अभियानमा सक्रिय भएर लाग्नुभएको उहाँ वडास्तरीय गेमी मेलमिलाप किशोरी समूहको अध्यक्ष भएर वाल विवाह न्यूनीकरण अभियानको नेतृत्व गर्नुभएको छ । वडामा हुने बाल विवाह, बालबालिकामाथि हुने हिंसा र सबै प्रकारका घरेलु हिंसाको विरुद्धमा उहाँले आवाज उठाउँदै आउनुभएको छ । सोही आवाजले अहिले उक्त वडामा २० वर्ष नपुुगी विवाह गराउन अभिभावक पछि हट्न थालेका छन् भने उमेर नपुगी विवाह गर्दा प्रहरीकहाँ पुगिन्छ की भनेर स्वयं केटाकेटी पनि सचेत भएका पाइन्छ ।

पुथा १० कै संस्कृति पुन पनि वडास्तरीय बाल क्लबको अध्यक्ष हुनुहुन्छ । उहाँको भूमिका पनि वाल विवाह न्यूनिकरणको अभियानमा शिरीमायाको भन्दा फरक छैन । गाउँमा कतै बाल विवाह हुन लागेको खबर पाउने बित्तिकै विवाह रोक्नका लागि विवाह भइरहेको घरमा पुग्ने, अभिभावकलाई सम्झाउने र नमानेमा स्थानीय सररकार र प्रहरीलाई खबर गर्न दौडधूप गर्नुहुन्छ अध्यक्ष पुन । सबैसँगको समन्वय र सहयोगमा बाल विवाह रोक्न पनि सफल भएको उहाँ बताउहुनुन्छ ।

गाउँपालिकास्तरमा भएका बाल क्लब सञ्जाल, किशोरी सञ्जाल, आमा समूह सञ्जाल र वडास्तरमा भएका बाल क्लब, किशोरी समूह, आमा समूहले गाउँपालिकाको विभिन्न क्षेत्रमा हुने बाल विवाह, बालबालिकामाथि हुने हिंसा र घरेलु हिंसाको विरुद्धमा काम गरिररहेका छन् । उनीहरुले मासिक बैठक बसेर कार्ययोजना निर्माण गर्ने, लेबी उठाएर आवश्यक सानातीना समस्या टार्नेदेखि लिएर बाल विवाह न्यूनिकरण सम्बन्धी सचेतनामुलक सडक नाटक प्रदर्शन गर्ने कार्यक्रम गरिरहेका छन् ।

बाल विवाहको विरुद्धमा काम गर्न बाल बहस किताबले आफूहरुलाई झन सजिलो बनाएको किशोरीहरुले बताएका छन् । आफूहरुको यस अभियानले पछिल्लो समयमा समाजमा खुलेआम वाल विवाह गर्ने तथा गराउनेहरु सचेत भएको देख्दा खुशी लाग्ने गरेको वडा नं १० की वडास्तरीय बाल क्लबको पूर्वअध्यक्ष सुरपी पुन बताउनुहुन्छ । अहिले क्बल, सञ्जाल तथा समूहमा आवद्ध भइसकेपछि सबै बालबालिकाले खुलेर आफ्ना कुराहरु प्रस्तुत गर्ने, समस्याहरु उत्थान गर्नेदेखि लिएर बालबालिकामा हुने हिंसा तथा दुव्र्यवहारको विरुद्धमा पहल गर्ने र समाज तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउनेतर्फ अब्बल हुदै आएको उहाँ जनकारी गराउनुहुन्छ ।

बालबालिकामाथि हुने हिंसा विरुद्धको अभियान चलाउदै आएपनि यसमा थुप्रै चुनौतीहरु रहेको समूह तथा क्बल, सञ्जालमा आबद्ध किशोर किशोरीहरुले बताउँछन् । समाजमा गुपचुपरुपमा बाल विवाह गर्ने गराउने, बाल विवाह रोकेको खण्डमा समाजले तगारोको रुपमा हेर्ने, बाल विवाह रोके पनि पछि फेरी भागेर विवाह गर्नेलगायत समस्याको सामना आफूहरुले गर्नुपरेको किशोरीहरुले सुनाएका छन् । यसमा आफूहरुलाई स्थानीय सरकार, प्रहरी, प्रशासन र समाजका अगुवाको साथ र सहयोगको आवश्यक रहेको उनीहरुको भनाइ छ । अहिले बाल विवाह र बालबालिकामाथि हुने हिंसाको विरुद्धमा किशोर किशोरीले चलाएको अभियानमा स्थानीय सरकार र प्रहरीले साथ दिइरहेको उनहरुले बताएका छन् ।

किशोर किशोरीको अभियानमा स्थानीय सरकार र प्रहरी पनि साथ हुँदा समाजमा हुने बाल विवाह तथा बालबालिकामाथि हुने हिंसा पहिलेको तुलनामा अहिले कम हुँदै गएको गाउँपालिकाका अध्यक्ष पुनीराज घर्ती बताउनुहुन्छ । बाल विवाह व्याप्त रहेको यस गाउँपालिकामा पछिल्लो एक दुई वर्षयता किशोर किशोरीहरु आफै सक्रिय हुँदा सकारात्मक परिवर्तन हुँदै गएको उहाँको भनाइ छ । गाउँपालिकाको विभिन्न क्षेत्रमा बाल विवाह र बालबालिकामाथि हुने जुनसुकै खालको हिंसा र दुव्र्यवहारको किशोर किशोरीले प्रतिकार गर्ने गरेको र त्यसमा समस्या आए गाउँपालिकाको न्यायिक समिति र प्रहरीकहाँ पुग्ने गरेको अध्यक्ष घर्ती बताउनुहुन्छ । यस अभियानमा गाउँपालिका सधै किशोर किशोरीको साथमा रहेको पनि उहाँ उल्लेख गर्नुहुन्छ ।

गाउँपालिकाको सात वटा वडामा युनाइटेड मिसन टु नेपाल रुकुम९पूर्व० कलष्टरले सक्षम परियोजनामार्फत बालबालिकाको क्षेत्रमा काम गर्दै आएकोे छ । यसै परियोजनामार्फत स्थानीय सरकारसँगको समन्वयमा पालिकास्तरीय र वडास्तरीय बाल क्लब, किशोरी समूह तथा आमा समूह सञ्जाल निर्माण गरिएको छ भने वडास्तरमा बाल क्लब, किशोरी समूह र आमा समूह निर्माण गरिएको छ । यीनै सञ्जाल, समूह र क्लबलाई सक्रिय गराउदै बालबालिकाको क्षेत्रमा काम गरिरहेको र त्यसबाट सकारात्मक परिवर्तनहरु पनि हुँदै गएको सक्षम परियोजनाका व्यवस्थापक हेमन्त राई बताउनुहुन्छ । रासस