१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारीमा एलिस विष्ट



अ+ अ-

काठमाडौं, २५ भदौ । कञ्चनपुर–२ कृष्णनगरका २७ वर्षीय एलिस विष्टले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारी गरिरहेका छन् । आज(शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विष्टले ३ महिनाभित्र वल्र्ड रेकर्ड राख्ने तयारी गरिरहेको बताए ।

उनले ३० सेकेण्डमा ८८ भन्दा बढी गाँजर काटेर वल्र्ड रेकर्ड राखेका जापानका सेपर्डको रेकर्ड तोड्ने प्रयास गरिरहेको स्पष्ट पारे । विष्टले ३० सेकेण्डमा आफूले अहिलेसम्म ८७ वटा गाँजर काट्न सकेको पनि बताए । “मलाई डेढ वर्षअघि देखिनै वल्र्ड रेकर्ड राख्ने बारे दिमागमा आएको थियो । यसपालि भने मैदानमै उत्रिन खोजेको हुँ । यसको लागि व्यापक तयारी गरिरहेको छु ।”

उनले भने,“सबैले गरिराखेको देखेकै छु, के भो त आफूले पनि गरिहाल्यौ न भनेर,नसके भनेपनि प्रयास त हुन्छ नी ।” त्यसबारेमा केही सिनियर व्यक्तित्वहरुसँग पनि परामर्श लिएर अघि बढेको उनले जनाए । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ राख्न विष्टलाई हेल्प फर हेप्पीनेस, दारी ग्याङ, फ्रिडमफोरम फुड रेष्टुरेन्टलगायत सहयोगी पार्टनर रहेका छन् ।

नारायण प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा लक्ष्मण प्रसाद मण्डल लगायतले बिष्टलाई शुभकामना दिएका थिए ।

क्लबमा आयोजना गरिएको कार्यक्रममा बिष्टले गाँजरसहित फलफुल काटेर समेत देखाएका थिए ।