९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारीमा एलिस विष्ट

‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारीमा एलिस विष्ट
अ अ+ अ-

काठमाडौं, २५ भदौ । कञ्चनपुर–२ कृष्णनगरका २७ वर्षीय एलिस विष्टले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारी गरिरहेका छन् । आज(शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विष्टले ३ महिनाभित्र वल्र्ड रेकर्ड राख्ने तयारी गरिरहेको बताए ।

उनले ३० सेकेण्डमा ८८ भन्दा बढी गाँजर काटेर वल्र्ड रेकर्ड राखेका जापानका सेपर्डको रेकर्ड तोड्ने प्रयास गरिरहेको स्पष्ट पारे । विष्टले ३० सेकेण्डमा आफूले अहिलेसम्म ८७ वटा गाँजर काट्न सकेको पनि बताए । “मलाई डेढ वर्षअघि देखिनै वल्र्ड रेकर्ड राख्ने बारे दिमागमा आएको थियो । यसपालि भने मैदानमै उत्रिन खोजेको हुँ । यसको लागि व्यापक तयारी गरिरहेको छु ।”

उनले भने,“सबैले गरिराखेको देखेकै छु, के भो त आफूले पनि गरिहाल्यौ न भनेर,नसके भनेपनि प्रयास त हुन्छ नी ।” त्यसबारेमा केही सिनियर व्यक्तित्वहरुसँग पनि परामर्श लिएर अघि बढेको उनले जनाए । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ राख्न विष्टलाई हेल्प फर हेप्पीनेस, दारी ग्याङ, फ्रिडमफोरम फुड रेष्टुरेन्टलगायत सहयोगी पार्टनर रहेका छन् ।

नारायण प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा लक्ष्मण प्रसाद मण्डल लगायतले बिष्टलाई शुभकामना दिएका थिए ।

क्लबमा आयोजना गरिएको कार्यक्रममा बिष्टले गाँजरसहित फलफुल काटेर समेत देखाएका थिए ।